नेपाली काँग्रेस काभ्रेले ‘जनताको साथमा काँग्रेस’ अभियान अन्तर्गत आज काभ्रेको नमोबुद्ध नगरपालिका वडा नं. ७ स्थित भकुण्डेमा ‘युवा संवाद’ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति क्षेत्र न १ ले आयोजना गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेस केन्द्रिय सदस्य तथा ‘जनताको साथमा काँग्रेस अभियान’ को केन्द्रिय प्रतिनिधि रमा कोइराला काभ्रेमा १३ वटै स्थानीय तहमा काँग्रेस स्थापित हुनुमा युवाहरुको खटाइको कारण भएको बताउँदै आगामी चुनावमा पनि युवाहरु लागि पर्नुपर्नेमा जोड दिए ।

काभ्रेमा काँग्रेसको संख्या राम्रो पाएको बताउदै कोइरालाले कुनै इगो नराखीकन सबै जना अझ बढी भन्दा बढी काँग्रेसी कार्यकर्ता बनाउन लाग्न निर्देशन दिए ।

त्यसैगरी काँग्रेस काभ्रेका जिल्ला सभापति तिर्थ लामाले जनताको साथमा काँग्रेस अभियानले काभ्रेमा आफ्नो पार्टीलाई अझ बलियो र मजबुत बनाउनको लागि ठूलो भुमिका निर्वाह गर्ने बताए । उनले आफूलाई जस्तो सुकै आरोप लगाए पनि आफू काभ्रेमा काँग्रेसको चारतारे झन्डा फहराउनको लागि सधैं लागि पर्ने बताए ।

कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाले सबै युवा एक भै आगामी चुनाबमा आ–आफ्नो क्षेत्रबाट मैदानमा उठी नेपाली काङ्ग्रेसलाई सफल बनाउन लाग्नुपर्ने धारणा व्यक्त गरे । आफूले स्थानीय चुनाबमा दुई तिहाई मतले जित हासिल गरेको स्मरण गर्दै प्रतिनिधि र प्रदेश सभाको चुनावमा पनि दुई तिहाइ मतले बिजयी हासिल गराउन लागि पर्नु पर्ने उनको जोड थियो ।

त्यसैगरी महाधिवेशन प्रतिनिधि इश्वरी ओझाले गठबन्धनको नाममा राष्ट्रिय राजनीतिलाई ध्यानमा राखेर काभ्रे क्षेत्र न १ लाई कमजोर नबनाउन प्रमुख अतिथी रमा कोइरालालाई ध्यानाकर्षण गराए ।
जिल्ला सचिव गुणराज मुक्तानले जनताको साथमा काङ्ग्रेस अभियानलाई सार्थक र सफल बनाउन काभ्रेका सबै वडा तहहरुमा प्रतिनिधि पठाइएको बारे जानकारी गराउदै देशलाई बिकास तर्फ अग्रसर गराउनको लागि युवाको भुमिका महत्वपुर्ण हुने भएकोले अबको निर्वाचनमा युवाहरुलाई अबसर प्रदान गर्नु पर्ने धारणा व्यक्त गरे ।

आगामी निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवारहरुलाइ बिजय गराउनको लागि युवा सम्बाद कार्यक्रम गरेको प्रतिनिधि सभा क्षेत्रीय क्षेत्रीय सभापति दिनेश लामाले बताए ।

कार्यक्रममा जिल्ला सदस्य चेत लामा, महासमिति सदस्य माधब प्रसाद पन्त, महासमिति सदस्य शंख बुद्ध लामा, नेपाली काङ्ग्रेसका नेता रामकृष्ण हुमागाई, बागमती प्रदेश सदस्य बिक्रम लामा, नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्ष जगन्नाथ गिरी, नेपाली काङ्ग्रेसका नेता तिर्थ पासखला लगाएतका नेताहरूले मन्तव्य राखेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।