नेपाली काँग्रेस काभ्रेको ‘जनताको साथमा काँग्रेस’ अभियान अन्तर्गत ‘युवा संवाद’ कार्यक्रममा केही नेताहरुले सभापति तिर्थ लामाको छेकबारमा परेको गुनासो गरेका छन् । कार्यक्रममा आफ्नो मन्तव्य राख्न नपाएपछि कार्यक्रम सकेपछि ‘छेकबार’को चर्चा चलेको हो ।
सो कार्यक्रममा छेकबारमा परेका नेता हुन् सिबी लामा । नेपाली काँग्रेस काभ्रेको पूर्व कोषाध्यक्ष तथा २०७४ सालमा सम्पन्न प्रदेश सभा निर्वाचनको उम्मेदवार समेत रहेका लामालाई कार्यक्रममा बोल्न नदिएपछि यो तिक्तता बाहिर आएको हो ।
आफूले बोल्न नपाएपछि सिवी लामाले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गरेका छन् । सामाजिक सञ्जालमा ‘मलाई त यो किसिमको छेकबार छ भने अरुलाई कस्तो होला’ भनेर प्रश्न समेत गरेका छन् । उनले आफूलाई बोल्न नदिएकोमा पनि धन्यवाद दिएका छन् ।
स्रोतका अनुसार सभापति तिर्थ लामाले उनलाई पेलेरै बोल्न नदिएको बताइएको छ । सभापति लामाको पेलाइमा परे पछि सिविले आफ्नो तिक्तता बाहिर पोख्न बाध्य भएको एक पुरानो नेताले बताए ।
कार्यक्रमको सेडुलको ‘सेन्सर’ नै सभापति लामाले गरेकोले ‘छेकबार’ गर्नमा मुख्य हात उनकै रहेको स्रोतले बताए । सभापति लामाको ‘सेडुल सेन्सार’मा पुरानो नेताहरु पर्दै आएको बताइन्छ ।
सिवी लामाले सामाजिक सञ्जाल फेसबुकमा लेखेको सामाग्री १५ मिनेटपछि हटाएका छन् । ‘किन हटाउनु भएको’ भन्ने प्रश्नमा लामाले प्राइभेसीमा राखेको जवाफ दिए ।
यस्तो लेखेका छन् सिवी लामाले सामाजिक सञ्जालमा
नेपाली कांग्रेस काभ्रेका सबै साथीहरूमा
जय नेपालको न्यानो अभिबादन ।
नेपाली काँग्रेस काभ्रे संघीय क्षेत्र नं. १ को आयोजनामा नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमा कोइरालाको प्रमुख अतिथिमा सम्पन्न भएको कार्यक्रममा मलाई अतिथिको रूपमा बोलाउनु भएकोमा धन्यवाद दिन चाहन्छु । साथै मलाई बोल्न नदिनु भएकोमा विशेष धन्यवाद । म २०७४ को प्रदेश सभा उमेदवारको हैसियतले आउने २०७९ मङ्सिर ०४ को चुनावका बारेमा र पार्टीको बारेमा केहि कुरा राख्ने बिचार थियो । त्यो बिचार आजको कार्यक्रममा राख्न नपाएको सबैसाथीहरूमा क्षेमा माग्दछु । बोल्ने सिलसिलामा केहि बक्ताहरुको गुनासो पनि सुने त्यो गुनासो सहि थियोे । किनकी म प्रदेस सभा (क) २०७४ को उमेदवारलाई यो किसिमको छेकबार छ भने अरुको के होला ? प्रमुख अतिथिज्युको मन्तव्य स्वागत योग्य थियो किनकि आउने चुनावको क्षेत्र नं. १ को टिकट बारेमा बोल्नु भएको थियो । जुन कुरा मैले बोल्न खोजेको थिएँ । प्रमुख अतिथिज्युबाट सुन्न पाउँदा खुसी लाग्यो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















