हिन्दु नारिहरुले शिवको आरधना गर्नुका साथै नाचगान एवं मनोरञ्जन गरी मनाउने चाढ हरितालिका तिजको अवसरमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा दर खाने कार्यक्रम सम्पन्न भएको छ । आइबार कार्यालय परिसरमै तिज विशेष शुभकामना आदन–प्रदान एवं दरखाने कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा काभ्रे जिल्ला अदालतका न्यायधिश मोहन प्रसाद भट्टराई, राजेन्द्र प्रसाद पोखरेल, रिता कुमारी बख्रेल, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार, जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशी, जिल्ला सरकारी वकिल कार्यालयका सह–न्यायधिवक्ता सुदिप शाक्य, सशस्त्र प्रहरी गण नं. १५ हे.क्वा. पाँचखाल काभ्रेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुरेन्द्र बुढाथोकी, राष्ट्रिय अनुसन्धान कार्यालय काभ्रेका प्रमुख नगेन्द्र दाहाल, प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपाने, ईलाका प्रहरी कार्यालय बनेपाका प्र.ना.उ. रेशम बोहोरा लगायतका सहभागी थिए ।
उक्त कार्यक्रममा न्यायधिश भट्टराई र प्रमुख जिल्ला अधिकारी पाण्डेले नेपाली नारीहरुको महान चाड हरितालिका तिजको आवसरमा आयोजित कार्यक्रममा सम्पुर्ण उपस्थित सकल दर्जाका प्रहरी कर्मचारीहरुलाई देश र जनताको सेवामा घर, परिवार र विविध भौतिक सुख–सयल त्यागी राष्ट्र र राष्ट्रियताको सर्वोपर हितको निमित्त सदैव मुस्कान सहित कार्यक्षेत्रमा होमिएका महिला प्रहरी कर्मचारीहरुलाई शुभभावना व्यक्त गरेका थिए ।
प्रहरी उपरीक्षक जोशीले आमन्त्रित सम्पूर्ण व्यक्तित्वहरुलाई आफ्नो व्यस्त कार्यतालिकाको वावजुत जिल्ला प्रहरी कार्यालय तथा मातहतमा कार्यरत महिला प्रहरी कर्मचारीहरुको हौसला अभिवृद्धी गर्न तिज विशेष शुभभावना आदन–प्रदान एवं दर कार्यक्रममा उपस्थित भएकोमा धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दै महिला प्रहरी कर्मचारीहरुलाई तिज पर्वको शुभकामना समेत व्यक्त गरे ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















