नेकपा (एमाले)का केन्द्रिय सदस्य रेशम लामाले मुलुकमा न्यायालय, प्रहरी प्रशासन सबै क्षेत्र पैसामा बिकिसकेको आरोप लगाएका छन् । सोमबार नमोबुद्ध नगरपालिका ५ नं. वडा कमिटीद्वारा आयोजना गरिएको संगठन शुदृढीकरण तथा शुद्धिकरण अभियान अन्तर्गत वडा स्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै लामाले यस्तो आरोप लगाएका हुन् ।
‘यो मुलुकमा न्यायालय, प्रहरी प्रशासन सबै क्षेत्र पैसामा बिकिसकेको छ । नेकपा एमालेको कुनै पनि कार्यक्रमहरुमा कुनै पनि शक्ति, पार्टी वा समुहले अवरोध गर्छ भने निडरका साथ त्यसको प्रतिकार गर्नु, यसो गर्दा तपाईहरु माथि कुनै पनि समस्या आएमा त्यसको जिम्मेवारी सिंगो नेकपा एमालेले लिनेछ ।” उनले भने, ‘नेकपा एमालेका नेता कार्यकर्ताहरु असल बाटो हिड्छन्, सत्कर्म गर्छने त्यसैले हाम्रो पार्टी लोकप्रिय पार्टी बन्न सफल भएको छ ।”
हारेको दुःखलाई शक्तिमा बदलेर अब आउने निर्वाचनमा भूमिका निर्वाहा गर्न सबै नेता कार्यकर्तालाई निर्देशन दिदै लामाले आफ्ना निर्वाचन क्षेत्रमा चुनाव लक्षित कार्यक्रमहरु प्रभावकारी ढंगले अघि सार्न समेत स्थानीय पार्टी कमिटीलाई निर्देशन दिएका छन् ।
कार्यक्रमका अतिथिहरुमा नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य चुडामणी गौतम, जिल्ल कमिटी सचिव राजन भुर्तेल, जिल्ला कमिटी सदस्य तथा नमोबुद्ध नगर सह–इन्चार्ज राकेश लामा, जिल्ला कमिटी सदस्य बुद्ध सिं लामा, निर्वतमान वडाध्यक्ष बुद्ध सिं तामाङ, नगर कमिटी सदस्य तथा स्कुल विभाग प्रमुख मधुसुधन पौडेल, नगर सचिव गणेश लामा, मदन भण्डारी फाउण्डेशनका केन्द्रिय सदस्य अमरध्वज लामा, नगर सह–सचिव सम्झना लामा लगायत नेताहरुको उपस्थिति रहेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















