काभ्रे जिल्लाको पनौती नगरपालिकाले आफ्नो सयदिनको काम सार्वजनिक गरेको छ । नगरपालिकाले आफ्नो फेसबुक पेज मार्फत १ सय दिनमा गरेको कामहरु सार्वजनिक गरेको हो ।

२७ बुँदामा सार्वजनिक गरेको सय दिने उपलब्धिमा जनतासँग सिधा सरोकार राख्ने विषयहरु समावेश छन् । नगरपालिकाले ‘पनौती नगरपालिकामा १०० दिन भित्र गरिएका उल्लेखनीय कार्यहरु’ भन्ने शिर्षकमा आफ्नो उपलब्धिहरु सार्वजनिक गरेको छ ।

यी हुन उल्लेखनीय काम भनिएका बुँदाहरुः

पनौती नगरपालिकामा १०० दिन भित्र गरिएका उल्लेखनीय कार्यहरु
१. वडा नं. ७ मा काभे उपत्यका एकिकृत खानेपानी वितरणको सुरुवात गरिएको ।

२. समुदायस्तरबाट पनौती १ मा पुरातात्विक धारो पुननिर्माण गरिएको ।

३. घर घरमै गएर जेष्ठ नागरिक निःशुल्क स्वास्थ्य परीक्षण गरिएको ।

४. पशुहरुका लागि घर गोठमै पुगी खोप सेवा प्रदान गरिएको ।

५. मोतिविन्दु भएकाहरुका लागि निःशुल्क सल्यक्रिया सेवा उपलब्ध गराइएको र निरन्तर सेवा प्रवाहका लागि रेयुकाइ आँखा अस्पताल बनेपासँग सम्झौता गरिएको

६. National vocational Academy को बहुउद्देश्यीय भवन निर्माणको सिल्यान्यास महामहिम प्रथम राष्ट्रपति डा. रामवरण यादवबाट गराइएको ।

७. बन्द भएको ग्रामोदय विद्यालय पुनःसंचालन गरिएको ।

८. Mass tight (पर्खालचौर, कुशादेवी र पनौती निर्माण) का लागि टेण्डर आव्हान भएको ।

९. सम्पदा संरक्षणको लागि करिडोरको स्तरोन्नती (पक्की र चौडा) गर्ने कार्य प्रारम्भ ।

१०. अघिल्लो आर्थिक वर्षमा आय ठेक्कामा ११६ दिन राजस्व छुट माग गरिएकोमा अस्वभाविक लागेकोले छुट नदिने निर्णण गरिएको ।

११. पनौती ६ मा अनधिकृत बसोबास गरिरहेकाहरुका लागि राहत रकम वितरण गरी घर टहरा खालीगर्ने कार्य सुरु गरियो ।

१२. आर्थिक सुशासन र पारदर्शिता कायम गर्नका लागि राहत, प्रोत्साहन लगायत सम्पूर्ण आर्थिक सहयोगहरु वैक खाता मार्फत प्रदान गर्ने कार्य प्रारम्भ गरिएको ।

१३. ५ वटा विद्यालयमा ICT ल्याव संचालन गरिएको ।

१४. विद्यार्थीहरुको अध्ययन गर्ने समयावधिलाई ध्यान दिई कक्षा ११, १२ लाई दिउँसो संचालन गरिएको ।

१५. पनौती पर्यटन सूचना केन्द्र पुनः संचालन गरिएको ।

१६. प्रारम्भिक अस्पताल सिल्यान्यास गरी कार्य प्रारम्भ गरिएको ।

१७. वातावरण संरक्षणका लागि वृक्षारोपण कार्य गरिएको ।

१८. पनौती खोपासी लगायत अन्य सडकहरुको मर्मत कार्य सम्पन्न ।

१९. वर्षाका कारणले अवरुद्ध रहेका वडा नं. १, ४, १०, ११ र १२ मा पहिरो पन्छाइ आवागमन सुचारु गरिएको ।

२१. कृषकहरुको खतीबालीमा उपचार गरिएको, रोग तथा अन्य कारणले गोलभेडा, बंगुरपालनमा भएको क्षतिका लागि क्षतिपूर्ती प्रदान गरिएको ।

२२. विपदमा परेकाहरुका लागि क्षतिपूर्ती प्रदान गरिएको ।

२३. आन्तरिक प्रशासन मार्फत सुशासन कायम गर्ने प्रणालीको विकास गरिएको ।

२४. हेल्विटास अन्तर्गतको भ्लकगचभ परियोजना र पनौती प्राविधिक शिक्षालयसँग सम्झौता गरी प्रत्येक वर्ष ४० जना युवाहरुका लागि Auto mobil (Light vehicles) लगायत विभिन्न विषयमा १६९६ घण्टे तालिम प्रदान गर्ने व्यवस्था मिलाई स्वरोजगार बनाउने कार्यको थालनी भएको ।

२५. गरिव तथा जेहेन्दार विद्यार्थीहरुका लागि उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ती प्रदान गरिएको ।

२६. विद्यालय र नगरको शैक्षिक गतिविधि जानकारी दिने उद्देश्यले शैक्षिक बुलेटिन प्रकाशन गरिएको ।

२७. शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सामुदायिक विद्यालयका शिक्षकहरुलाई योजनाबद्ध तरिकाले कक्षाकोठामा प्रवेश गर्ने प्रयोजनका लागि शिक्षक पाठ नोट प्रदान गरिएको ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।