आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको लागि नेपाली कांग्रेसले प्रतिनिधि सभा क्षेत्र नं. २ अन्तर्गत प्रदेश सभा (क)को प्रत्यक्ष उम्मेदवार सर्वसम्मत सिफारिस गरेको छ । बुधबार बसेको प्रदेश कार्य समितिको बैठकले नेपाली काँग्रेसका युवा नेता सुन्दरमणी आचार्य प्रतिनिधि सभा २ अन्तर्गतको प्रदेश सभा १ का लागि सर्वसम्म सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रदेश कार्य समिति सचिब सजय तामाङका अनुसार समानुपातिक उम्मेदवारको लागि भने १८ जनाको नाम सिफारिस भएको छ । समानुपातिक उम्मेदवारको लागि लक्ष्मी दनुवार, किरण श्रेष्ठ, मञ्जु शाह, जीत कृष्ण घिनाञ्जु, सिता राम परियार, दिल लामा, हेम कुमार तामाङ, नारायण सापकोटा, शान्ता क्षेत्री, तस्बिर लामा, माइली दनुवार, शान्ती लक्ष्मी श्रेष्ठ लगायतको नाम सिफारिस गरिएको सचिव तामाङले जानकारी दिए ।
आचार्य २०७४ सालको निर्वाचनमा पनि प्रत्यक्ष तर्फका उम्मेदवार थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















