आगामी मंसिर ४ गते हुनगइरहेको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको लागि प्रतिनिधि सभा क्षेत्र नं. २ (ख) को उम्मेदवार सर्वसम्मत सिफारिस भएको छ । प्रदेश कार्य समितिको बुधबार (आज) बसेको बैठकले नेपाली कांग्रेस काभ्रेका सचिव माधव ढकाललाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको हो ।

प्रदेश सभा कार्य समिति बैठकले ढकालको नाम जिल्ला कार्य समितिमा सिफारिस गरेको बताइएको छ ।

आजकै बैठकले प्रदेश (क)को लागि सुन्दरमणी आचार्य सर्वसम्मत सिफारिस भएको छ भने समानुपातिक तर्फ १८ जनाको नाम सिफारि भएको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।