काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा नेपाली काँग्रेस तेमाल गाउँ कार्य समितिको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आगामी मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै देशैभर ‘जनताको साथमा काँग्रेस’ अभियान शुरु गरेको नेपाली काँग्रेसले पालिका स्तरीय कार्यक्रम अन्तर्गत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
अन्तरक्रिया कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य रमा कोइरालाले अभियानले पार्टी र जनताबीचको दुरी मेटाउंदै पार्टीका नीति, कार्यक्रमसँग जोड्न महत्वपूर्ण भुमिका खेल्ने बताए । निर्वाचनको संघारमा आइसकेको सन्दर्भमा एक ढिक्का भएर पार्टीको गतिविधि टोलटोलमा पुर्याउनुपर्ने बताउँदै अहिलेको गठबन्धन रहर नभएर संविधानको रक्षा र देश विकासको निम्ति रहेको बताए ।
कार्यक्रममा जिल्ला सचिव गुणराज मुक्तान, प्रतिनिधिसभा क्षेत्र नं. १ का सभापति दिनेश लामा, तेमाल गाउँपालिकाका अध्यक्ष एवं महाधिवेशन प्रतिनिधि चन्द्र लामा, कांग्रेस महासमिति सदस्य एवं गत प्रतिनिधिसभा क्षेत्र नं. १ अन्तरगत प्रदेशसभा (क) को कांग्रेस तर्फका उम्मेदवार सिवि लामा, प्रदेशसभा (क) निर्वाचन क्षेत्रका सभापति राम योञ्जन, कांग्रेस महाधिवेशन प्रतिनिधि एवं तेमाल गाउँपालिका पुर्व अध्यक्ष सलाम सिं तामाङ, गाउँपालिकाको पूर्व उपाध्यक्ष एवं महाधिवेशन प्रतिनिधि दुर्गा माया तामाङ, जिल्ला सदस्य जोग लाल लामा, ज्ञानु लामा, हिरा तामाङ, महाधिवेशन प्रतिनिधि ज्ञानि तामाङ लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
गाउँ कार्यसमिति सभापति ज्ञान बहादुर लामाको सभापतित्वमा भएको कार्यक्रममा सभापति लामाले यहि २२ गतेसम्ममा वडा तहका कार्यक्रमहरु सम्पन्न गर्न वडा इकाईहरुलाई निर्देशन दिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















