आगामी मंसिर ४ गते हुनगइरहेको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको लागि काभ्रेमा माओवादी केन्द्रले उम्मेदवारकोबारेमा कुनै छलफल गरेको देखिदैन । ५ दलिय गठबन्धनको निर्णयको पर्खाइमा काभ्रे माओवादी केन्द्र देखिन्छ । तर पनि काभ्रे माओवादी केन्द्रले आन्तरिक तयारी भने गरिएपनि बाहिर भने केही कुरा नल्याएको अनुमान गर्न थालेको छ ।
आम कार्यकर्ता र शुभचिन्तक पंक्तिमा र विभिन्न राजनीतिक दलहरुको समेत चासो बढेको देखिन्छ । एमाले र काँग्रेसको प्रतिनिधि सभा र प्रदेश सभाको उम्मेदवारहरुको सिफारिस गर्न थालीसकेको छ ।
प्रतिनिधि सभा १ अन्तर्गत सम्भावित उम्मेदवारहरु
प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ मा प्रत्यक्ष तर्फ दावी गर्ने उम्मेदवारहरु कम हुने सम्भावना देखिन्छ । यो क्षेत्रबाट प्रतिनिधि सभाको लागि ४ जना नेताहरुको चर्चा चल्न थालेको छ । पार्टीको पोलिटब्यूरो सदस्य तथा काभ्रे जिल्ला इन्चार्ज सूर्यमान दोङ, पार्टीको केन्द्रिय सदस्य तथा वागमती प्रदेशको युवा तथा खेलकुद मन्त्री रत्न ढकाल, पार्टीको वागमती प्रदेश सचिवालय सदस्य दिननाथ गौतम र पार्टीको वागमती प्रदेश सचिवालय सदस्य तथा बहाल वाला सांसद गंगाबहादुर तामाङको चर्चा छ ।
चारै जना नेताहरु जनताबाट एक एक पटक निर्वाचित भइसकेका नेताहरु हुन् । यो पटक टिकतको लागि चारैजना नेताहरु निक्कै प्रतिस्पर्धामा जाने निश्चित देखिन्छ । चारै जनाको कडा दावी हुनेभएपछि माओवादी केन्द्रलाई उम्मेदवार छान्न सकास हुनेछ ।
प्रदेश सभा (क)को सम्भावित उम्मेदवारहरु
प्रदेश सभा (क) मा पनि धेरैजना आकांक्षीहरु देखिन्छ । चौंरीदेउराली गाउँपालिकाबाट गाउँकमिटी अध्यक्ष तेज पन्त, उपाध्यक्ष अन्जीत गौतम, सचिव विनोद घिसिङ, पुरानो नेता विष्णु गौतम लगायतका रहेका छन् । त्यसैगरि तेमाल गाउँपालिकाबाट गाउँ कमिटी अध्यक्ष लालध्वज तामाङ, उपाध्यक्षद्वय कल्पना लामा र ग्याम्जो लामा आकांक्षी देखिन्छ । त्यसैगरि रोशी गाउँपालिकबाट प्रदेस कमिटी सदस्य नविन तामाङ, महाभारत गाउँपालिकाबाट सुजन लामाको आकांक्षी रहेको बुझिएको छ भने नमोबुद्ध नगरपालिका इन्चार्ज टासी लामाको समेत दावी रहेको बुझिएको छ ।
प्रदेश सभा (ख)का सम्भावित उम्मेदवारहरु
प्रतिनिधि सभा १ को प्रदेश सभा (ख) अन्तर्गत पनि धेरै आकांक्षीहरु देखिन्छ । खानीखोला गाउँपालिकाबाट इन्चार्ज मिना पाख्रीन, जिल्ला समन्वय समितिका सचिव दैवलाल घिसिङ, गाउँ कमिटी अध्यक्ष अविरल जिम्बा लगायतको दावी हुन सक्ने देखिन्छ । रोशी गाउँपालिकाबाट अध्यक्ष मानवीर तामाङ, नमोबुद्ध नगरपालिकाबाट जिल्ला समन्वय समितिका सदस्य दावा लामा, माधव खनाल, हरि तिमल्सिना लगायतका नेताहरुको दावी रहने देखिन्छ ।
माओवादी केन्द्रको राम्रो प्रभाव भएको क्षेत्रको रुपमा यो क्षेत्र देखिएता पनि तोस्रो दलको रुपमा माओवादी केन्द्र रहेको छ । एकला एकलै उम्मेदवार खडा गरेर प्रतिस्पर्धा गरेको खण्डमा माओवादी केन्द्रले एमाले र काँग्रेसँग कडा प्रतिस्पर्धा गर्नै पर्ने देखिन्छ ।
गठबन्धन भएको खण्डमा पहिला आफ्नो पार्टीले जितेको क्षेत्र माओवादी केन्द्रले नै पाउनुपर्ने अडानमा देखिन्छ ।
काभ्रेमा बाँस्कोटा निर्विकल्प, एमालेबाट अरु क–कस्को छ सम्भावना ?
आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रनिधिसभाको निर्वाचनको लागि नेकपा (एमाले)ले आगामी भदौ २२ गतेभित्रमा उम्मेदवार सिफारिस गर्न तल्लो कमिटीलाई निर्देशन दिएसँग एमालेमा उम्मेदवारको चर्चा चल्न थालेको छ । एमालेले काभ्रेमा वडा स्तरसम्मै प्रशिक्षण कार्यक्रमको आयोजना गर्दै कार्यकर्ताहरुको मनसाय बुझ्न थालेको छ ।
यसैबीच एमालेमा को–को बन्ला त उम्मेदवार भनेर प्रमुखताका साथ हेरिरहेको छ । काँग्रेस, माओवादी केन्द्र र अन्य पार्टीहरुले समेत चासो राख्न थालेको देखिन्छ । एमालेको उम्मेदवार को बन्ला त्यहीं अनुसार उम्मेदवार तय गर्ने अन्य दलको तयारी रहेको बुझिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















