नेपाली काँग्रेसका केन्द्रिय सदस्य गणेश लामा प्रदेश सभा निर्वाचनको लागि उम्मेदवार सिफारिस भएका छन् । प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ (ख)को लागि लामा प्रत्यक्ष तर्फको उम्मेदवार सिफारिस भएका हुन् ।
नेपाली काँग्रेस प्रदेश सभा कार्य समितिको आज बसेको बैठकले उनलाई सिफारिस गरिएको काँग्रेसले जनाएको छ । लामा नेपाली काँग्रेस काभ्रेको इतिहासमै पहिलो खुल्ला निर्वाचित केन्द्रीय सदस्य हुन् भने २०७४ सालको निर्वाचनमा समेत उनी उम्मेदवार थिए । एमालेको चन्द्र लामासँग उनी पराजित भएका थिए ।
‘गुण्डा नाइके’को उपमा पाएका लामा राजनीतिमा सक्रिय हुन थालेपछि गुण्डागर्दी छोडेको बताइन्छ । उनी शालिन र युवाहरुले रुचाएको नेतामा पर्छन् । लामाले यस अघि प्रतिनिधि सभाकाे दावी गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















