आगामी मंसिर ४ गते हुनगइरहेको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको लागि नेपाली काँग्रेसले प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ मा उम्मेदवार सिफारिस गरेको छ । काँग्रेसको प्रदेश कार्य समिति र प्रतिनिधि सभा कार्य समितिले जिल्ला कार्यसमितिमा सिफारिक गरेको हो ।

काँग्रेसले प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ मा तिर्थ लामालाई प्रत्यक्ष उम्मेदवारको रुपमा सिफारिस गरेको छ । लामा सर्वसम्मत सिफारि भएको काँग्रेस काभ्रेले जनाएको छ ।

काँग्रेस काभेको जिल्ला सभापति समेत रहेको लामा २०७० सालको संविधान सभाको निर्वाचनमा निर्वाचित भएका थिए भने २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा पराजित भएका थिए ।

यसैबीच नेपाली कांग्रेसले काभ्रेको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा (क)का लागि ४ जना नेताहरुलाई प्रत्यक्ष तर्फको उम्मेदवार सिफारिस गरेको छ ।

प्रदेश क्षेत्रिय कार्य समितिको बैठकले जिल्ला कार्य समिति सचिब गुणराज मोक्तान, क्षेत्रीय प्रदेश सभापति राम योञ्जन, महाधिबेशन प्रतिनिधि सि.बि. लामा र दिनेश भुर्तेललाई सिफारिस गरेको छ । काँग्रेस नेता सिबि लामा २०७४ सालको प्रदेस सभा निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार रत्न ढकालसँग पराजित भएका थिए ।

त्यसैगरी नेपाली कांग्रेसले काभ्रेको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा (ख) का लागि पनि प्रत्यक्ष तर्फको उम्मेदवार सिफारिस गरेको छ । यो क्षेत्रमा भने ३ जना नेताहरुलाई सिफारिस गरिएको छ ।

प्रदेश क्षेत्रिय कार्य समितिको बैठकले केन्द्रीय सदस्य गणेश लामा, सह–सचिब रविन्द्र सिग्देल र पत्रकार इश्वरी ओझालाई सिफारिस गरेको जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।