आगामी मंसिर ४ गते हुन गइरहेको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको लागि नेकपा (माओवादी केन्द्र), चौंरीदेउराली गाउँ कमिटिबाट उम्मेदवारहरु सिफारिस भएका छन् । गाउँ कमिटीको आज बसेको पूर्ण बैठकले संघ र प्रदेशको लागि ८ जना नेताहरुलाई सिफारिस गरिएको अध्यक्ष तेज पन्तले जानकारी दिए ।
पन्तका अनुसार केन्द्रिय समितिको निर्देशन अनुसार भएको गाउँ कमिटीको बैठकले प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको लागि माओवादी केन्द्रका पुराना नेता तथा चौंरीदेउराली गाउँपालिकाका पूर्व अध्यक्ष दिननाथ गौतम (प्रयास) र वागमती प्रदेशसका युवा तथा खेलकुद मन्त्री तथा पार्टीको केन्द्रिय सदस्य रत्न ढकाललाई सिफारिस गरिएको छ । ‘उहाँहरु दुवै जना पार्टीको उम्मेदवार छनौट मापदण्ड भित्र पर्नु हुन्छ । त्यसैले बैठकले उहाँहरु दुवैजनाको नाम सर्वसम्मतले सिफारिस गरिएको छ ।’ अध्यक्ष पन्तले तेमाल अनलाईनलाई बताए ।
त्यसैगरी बैठकले प्रतिनिधि सभाको लागि समानुपातिक उम्मेदवार समेत सिफारिस गरिएको बताएको छ । माओवादी केन्द्रबाट गुणराज गौतमलाई प्रतिनिधि सभाको लागि समानुपातिक उम्मेदवार सिफारिस गरिएको पन्तले जानकारी दिए ।
बैठकले प्रदेश सभाको प्रत्यक्ष तर्फको लागि ३ जनाको नाम सिफारिस गरेको छ । जसमा दुर्गा सिङ तामाङ, तेज पन्त र विष्णुप्रसाद गौतम (अडिग) रहेका छन् ।
तामाङ एकीकृत अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रिय उपाध्यक्ष हुने भने गौतम पार्टीको केन्द्रिय सल्लाहकार समिति सदस्य र पन्त पार्टीको चौंरीदेउराली गाउँ कमिटीको अध्यक्ष हुन् ।
यसैबीच प्रदेस सभाको लागि समानुपातिक तर्फ गीता रसाईंली र ताराकुमारी चौंलागाईंलाई सिफारिस गरिएको अध्यक्ष पन्तले जानकारी दिएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















