नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट स्वास्थ्यकर्मीहरुको संगठन अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यलर्मी महासंघ काभ्रे जिल्ला समन्वय समितिको भेला सम्पन्न भएको छ । शनिबार बनेपा सम्पन्न भेलाले रेशम बहादुर योञ्जनलाई अध्यक्षमा सर्वसम्मत निर्वाचित गरेको छ ।
भेलाले उपाध्यक्षमा सुमित्रा बल, राज गौतम, सन्त तामाङ, शिव मानन्धर, सचिवमा बबिन ओली र कोषाध्यक्षमा सीता चौलागाईंलाई सर्वसम्मतले निर्वाचित गरेको छ । समितिको सदस्यहरुमा दीपेन्द्र चौलागाईं, शुक्र तामाङ, सबिता लामा, निशानी लामा, शोभा थापा, सुनिता लामा, भानुभक्त आले, बिमला वाइबा, पवन कुशवाहा, गुराँस मोक्तान, एलिना लामा, योजना वाइबा, सुदन तामाङ निर्वाचित भएका छन् ।
रितुपुर्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न भेलामा नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समितिका संयोजक भोला प्रसाद अर्याल, बागमती कमिटीका सचिवालय सदस्य तथा तेमाल गाउँपालिकाको उपाध्यक्ष डिएम लामा, अखिल नेपाल प्रगतिशील जनस्वास्वास्थ्यकर्मी महासंघ बागमती प्रदेश कमिटीका बरिस्ठ उपाध्यक्ष अशोक गौतम, रास्ट्रिय प्रगतिशील स्वास्थ्यर्मी संगठनका केन्द्रीय उपाध्यक्ष कर्म लामा (रबि) र सदस्य दुत राज मगर लगायत काभ्रेका विभिन्न स्थानीय तह अन्तरगतका स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुको सहमागी थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















