आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र) धुलिखेल नगर कमिटीको बैठकले उम्मेदवार सिफारिस गरेको छ । नगर कमिटीका अध्यक्ष पृथ्वी थापाको अध्यक्षतामा अज (शनिबार) बसेको बैठकले ९ जना नेताहरुलाई उम्मेदवार सिफारिस गरेका हुन् ।

बैठकले प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ मा प्रत्यक्ष तर्फ कृष्ण अधिकारी (रवि) र सूर्यमान दोङ (लालध्वज)लाई सिफारिस गरेको छ । अधिकारी माओवादी केन्द्रको केन्द्रिय सदस्य हुन् भने लालध्वज जिल्ला इन्चार्ज तथा पोलिटब्यूरो सदस्य हुन् । प्रतिनिध सभाको लागि समानुपातिक तर्फ भने कविता लामा (सरस्वती)लाई सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको अध्यक्ष थापाले तेमाल अनलाइनलाई जानकारी दिए ।

यसैबीच बैठकले प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा (ख)मा प्रत्यक्ष तर्फ दैवलाल घिसिङ (अनुशिल) र समानुपातिक तर्फ विष्णु मिजार सिफारिस गरिएको छ । घिसिङ जिल्ला समन्वय समितिका सचिव हुन् भने मिजार प्रदेश कमिटी सदस्य हुन् ।

त्यसैगरी प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. २ का लागि प्रत्यक्ष तर्फ रुकु चौंलागाईं (रचना) र समानुपातिक तर्फ दिलसुन्दर श्रेष्ठ सिफारिस भएका छन् । चौंलागाईं पार्टीको केन्द्रिय सदस्य हुने भने श्रेष्ठ पार्टीको केन्द्रिय सल्लाहकार हुन् ।

त्यस्तै प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. २ प्रदेश (क) प्रत्यक्ष तर्फ यादव ढुंगेल (जमिन) र समानुपातिक तर्फ पृथ्वी थापा सिफारिस भएका छन् । ढुंगेल नगर इन्चार्ज हुन् भने थापा नगर अध्यक्ष हुन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।