नेकपा एमालेले आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. २ मा गोकुल बाँस्कोटालाई सिफारिस गरिएको छ । एमालेबाट यो क्षेत्रमा बाँस्कोटालाई मात्र उम्मेदवार सिफारिस भएका हुन् ।

नेकपा एमाले काभ्रे क्षेत्र नं २ को आइतबार बसेको बैठकले प्रतिनिधिसभाका लागि बाँस्कोटाको नाम सर्वसम्मत सिफारिस गरेको एमालेले जनाएको छ ।

पूर्व सूचना सञ्चार तथा प्रविधि मन्त्री समेत भएका बाँस्कोटा नेकपा एमाले काभ्रेका इन्चार्ज तथा पार्टीको पोलिटब्यूरो सदस्य समेत हुन् । केपी ओली प्रधानमन्त्री भएको बेला बाँस्कोटा मन्त्री हुँदा ७० करोड कमिसानको ‘बार्गेनिङ’ गरेपछि मन्त्री पदबाट राजीनामा दिएका थिए ।

उनले ७० करोडको जवाफ ७० हजार मत ल्याएर दिने प्रतिक्रिया दिंदै आएको छ । ५ दलिय गठबन्धन कायम रहे बाँस्कोटा पराजित हुने निश्चित छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।