माओवादी केन्द्र निकट अखिल नेपाल होटेल क्यासिनो तथा रेस्टुराँ मजदुर संघ काभ्रेको चौथो जिल्ला अधिवेशनले रामगोपाल भुजेललाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ । आइतबार (आज) सम्पन्न संघको अधिवेशनले भुजेललाई अध्यक्षमा निर्वाचित गरेको हो ।

अधिवेशनले वरिष्ठ उपाध्यक्ष सुमित कुमार तामाङ, उपाध्यक्ष आकाश तामाङ, सचिव रमेश प्रसाद नेपाल, सह–सचिव केदार बुढाथोकी, कोषध्यक्ष मनिषा श्रेष्ठ चयन भएका छन् । सदस्यहरुमा सुरेन्द्र खड्का, नीर लामा, श्याम पहरी, शर्मिला गिरि, संगीता श्रेष्ठ निर्वाचित भएका छन् ।

कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासङ्घ काभ्रेको संयोजक होम बहादुर खुलाल, अखिल नेपाल होटेल क्यासिनो तथा रेस्टुराँ मजदुर संघको केन्द्रिय उपाध्यक्ष तथा बागमती प्रदेश कमिटी अध्यक्ष मिलन मल्ल, प्रदेश सदस्य सागर थापा लगायतका सहभागी थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।