मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि नेकपा एमालेले प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ मा ६ जना नेताहरुहलाई प्रत्यक्ष तर्फको उम्मेदवारको लागि सिफारिस गरेको छ । सर्वसम्मत नभएपछि एमाले प्रतिनिधि सभा क्षेत्रिय समन्वय समितिले ६ जना नेताहरुलाई सिफारिस गरिएको हो ।

सिफारिस हुनेहरुमा पार्टीको केन्द्रीय सदस्य रेशम लामा, प्रतिनिधि सभा सदस्य सांसद नविना लामा, प्रदेश सभा सदस्य सांसद चन्द्र लामा, नारायण पाण्डे, डा. अम्बुभवानी कार्की र कुलचन्द्र अधिकारी रहेका छन् ।

प्रतिनिधि सभाको टिकट दिने आश्वासन पछि रेशम लामा राप्रपा परित्याग गरि एमालेमा प्रवेश गरेका थिए । संघीयता, धर्मनिर्पेक्षता, गणतन्त्र, समावेशी समानुपातिक प्रणालीको कट्टर विरोधी लामा राप्रपा छोडेर एमालेमा प्रवेश भएपछि उनलाई पार्टीको केन्द्रिय सदस्य बनाएको थियो । राप्रपाको महामन्त्री छोडेर एमाले प्रवेश गरेका उनलाई गोकुल बाँस्कोटालाई जसरी एकजनामा सर्वसम्मत हुन्छ भन्ने आशा भएपनि त्यो निराशामा परिणत भएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।