काभ्रे जिल्लाको पनौती नगरपालिकाले पनि नगर भित्र रहेका मापदण्ड विपरितका घर टहरा हटाउने भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले आज एक सूचजना जारी गर्दै हटाउने जानकारी दिएको हो ।
‘यस नगरपालिकाको विभिन्न स्थानहरु तथा सडक किनारामा नगरपालिकाबाट स्वीकृति नलिई घर टहराहरु निर्माण भएका र हालसमेत कतिपय स्थानमा निर्माण भइरहेको भन्ने जानकारी प्राप्त भएकोले नगरपालिकाको स्वीकृति लिएर मात्र निर्माण कार्य गर्न गराउनु हुन र मापदण्ड विपरित निर्माण भएका सम्पूर्ण घर टहराहरु हटाउनु हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना जारी गरिएको छ ।’ सूचनामा भनिएको छ, ‘यस सूचनालाई बेवास्ता गरि काम गरिरहेको देखिएमा वा नहटाएमा स्थानीय सरकार संचालन ऐन २०७४ बमोजिम कारबाही गरिने व्यहोरा समेत जानकारी गराईन्छ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















