आगामी मंसिर ४ गते हुनगइरहेको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको लागि काभ्रेबाट २ जना नेताहरु मात्र सर्वसम्मत भएका छन् ।
सर्वसम्मत हुनेहरुमा प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ मा काँग्रेसबाट तिर्थ लामा र प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. २ मा एमालेबाट गोकुल बाँस्कोटा रहेका छन् ।
पार्टीको प्रतिनिधि सभा क्षेत्रिय समितिले नेपाली काँग्रेसको जिल्ला सभापति समेत रहेका लामाको एकल नाममा सर्वसम्मत बनाएको थियो । २०७० सालको संविधान सभाको निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार सूर्यमान दोङलाई हराएका थिए । २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा भने माओवादी केन्द्रका उम्मेदवार गंगाबहादुर तामाङसँग पराजित भएका थिए । काभ्रे काँग्रेसमा जवर्जस्त आफ्नो पकट बनाउन सफल लामा काँग्रेसको नयाँ कार्यकर्ताहरु माझ राम्रो प्रभाव राख्न सफल नेता हुन् । तर पुरानो नेताहरुसँग भने दूरी बढाउने नेताको रुपमा समेत उनलाई चिन्दछ । काँग्रेस काभ्रेको इतिहासमा पहिलो पटक आदिवासी जनजातिबाट सभापति बन्न समेत उनी सफल भएका छन् ।
गठबन्धन हुँदा यो क्षेत्र काँग्रेसले पाउने हो या माओवादी केन्द्रले पाउने हो टुंगो भने लागेको छैन । स्थानीय तहको निर्वाचनमा भएको गठबन्धनको मापदण्ड अनुसार माओवादी केन्द्रले नै पाउने पक्का छ ।
त्यसैगरी बाँस्कोटालाई एमाले कार्यकर्ताहरुले अध्यक्ष केपी ओली पछिको सर्वशक्तिवन र प्रभावकारी नेताको रुपमा पुज्ने गर्दछन् । कार्यकर्ताहरुको कथित विकासको बादशाहको समेत उपमा पाइरहेका बाँस्कोटा ७० करोडको उपमाबाट समेत परिचित छन् । पछिल्लो चरणमा संघीयता विरोधी अभियान नै चलाइरहेका बाँस्कोटा आफ्नो ७० करोडको आरोप ७० हजार मत ल्याएर झुट सावित गर्ने बताउँदै आएका छन् ।
यता माओवादी केन्द्रले भने उम्मेदवार टुंग्याउन सकेको छैन । आइतबार बसेको जिल्ला समन्वय समितिले दावेदरहरुको नाम संकलन गरेको छ भने जिल्ला कार्यालयले टुंग्याउने गरि जिम्मा दिएको माओवादी स्रोतले जानकारी दिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















