पछिल्लो समय देशभर डेँगु संक्रमणको जोखिम बढ्दै गएको छ । विभिन्न स्थानमा डेँगु संक्रमण जोखिमको नियन्त्रणका कार्यहरु भइरहेका छन् । त्यस्तै जिल्लाको मण्डनदेउपुर नगरपालिकामा पनि डेँगु संक्रमण जोखिमको नियन्त्रणका कार्य भइरहेको छ ।
नगरका जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरु डेँगु संक्रमण जोखिमको नियन्त्रण गर्न अभियानमा जुटेका छन् । डेँगु नियन्त्रणका लागि नगरपालिकाले लामखुट्टेको बासस्थान खोजी एवं नष्ट गर्ने अभियान शुभारम्भ गरेको छ ।
नगरपालिका प्रमुख टोक बहादुर वाईबाले उक्त अभियानको शुभारम्भ गर्दै नगरपालिकाको मुख्य–मुख्य बजार क्षेत्रसंगै सबै नगरबासीलाई नाम खुट्टेको टोकाईबाट सर्ने डेंगु रोग सचेतना मुलक अभियानलाई निरन्तरता दिन आग्रह गरे । ‘डेंगु रोगलाई खेलाची नगर्न अनुरोध गर्दै नगर प्रमुख वाइबाले भने, ‘लामखुट्टेको बढी बासस्थान हुने क्षेत्रलाई अझै धेरै र गाउँ गाउँसम्म पनि यसको रोकथाममा लागौँ । डेंगु लाग्नबाट जोगिने उपायका बारे सबैलाई सजग र सचेत गराउन आवश्यक छ ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।




















