काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ६ मा वडा शिक्षा समिति गठन गरेको छ । मंगलबार एक कार्यक्रमका बीच वडा शिक्षा समिति गठन गरेको वडा अध्यक्ष प्रेमबहादुर लामाले जानकारी दिएका छन् ।

वडा शिक्षा समितिको संयोजकमा वडा अध्यक्ष प्रेमबहादुर लामालाई सयोजक तोकिएको छ । तेमाल गाउँ शिक्षा ऐन अनुसार वडा अध्यक्ष नै वडाशिक्षा समितिको संयोजक हुने व्यवस्था छ ।

समितिको सदस्यहरुमा वडा सदस्य सूर्यमान तामाङ, सतर सिं तामाङ (बिद्यालय बि.ब्य.स. अध्यक्षबाट), टंकमान तामाङ (बिद्यालय प्र.अ.बाट), मिना बि.क. (दलित महिला), मीन बहादुर नेपाली (दलित), प्रेमबहादुर तामाङ (शिक्षाप्रेमी र समाजसेवी), पासाङ लामा (पदेन नेपाल शिक्षक महासंघ वडा समिति अध्यक्ष) र नरेन्द्र देबकोटा सदस्य सचिवव रहेका छन् ।

वडाको शिक्षा क्षेत्रलाई गुणस्तरीय बनाउन शिक्षा समितिले महत्वपूर्ण भूमिका खेल्नेमा वडा अध्यक्ष लामा विश्वस्त रहेको बताए । भौतिक पूर्वाधारका हिसाबले त्यति समस्या नभएकोले अब सिंगो वडा शिक्षा समिति गुणस्तरी शिक्षामा लाग्न सबैमा अनुरोध समेत गरे ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।