बनेपा । काभ्रेको पाँचखाल नगरपालिका–१२ मा हिजो तीजको दर खाएका १ सय ७० जना भन्दा बढी बिरामी परेका छन् । कासकोटेस्थित ग्रामिण स्वाबलम्बन बहुउद्देश्यीय सहकारी संस्थाले हिजो दिउँसो आयोजना गरेको तीज विशेष कार्यक्रममा दर खाएकाहरु बिरामी परेका हुन् ।

बिरामी भएकाहरुको धुलिखेल सामुदायिक अस्पताल र शिरमेमोरियल अस्पतालमा उपचार भैरहेको एसपी रविराज खड्काले जानकारी दिए । केहीको पाँचखालस्थित गौतम मेडिकल र सदीप मेडिकलमा उपचार भइरहेको छ । बिरामी भएकाहरु महिला, पुरुष र बालबालिका छन् । उनीहरुमा फुड प्वाइजन भएको र सबैजना बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

ग्रामिण स्वावलम्बन बहुउद्देश्यिय सहकारीका अध्यक्ष भैरब सेडाइले बिरामीहरुको पाँचखाल, बनेपा र धुलिखेलमा उपचार भइरहेको बताए । अहिले पाँचखालको तिनघरे भन्ने स्थानमा सिबिरनै राखेर बिरामीहरुको उपचार भइरहेको छ । दर खाएर फुड पोइजन भइ बिरामी भएको भन्ने खबर आएपछि घटना स्थलमा जनप्रतिनिधी, प्रहरी पुगेर पुगेर सहयोग गरिरहेका छन । बिरामीको संख्या बढ्ने क्रममा रहेको छ ।

पाँचखालमा दर खादा बिरामी परेकाहरु…

सुदिप मेडिकल पाँचखालमा उपचार भइ रहेको :-
१.जि.काभ्रे पाँचखाल न.पा.९ नागबेली बस्ने बर्ष ३७की उमा मैनाली
२.ऐ.ऐ.बस्ने बर्ष २१की स्वस्तिका भेटवाल 
३. ऐ.ऐ.९बस्ने बर्ष ५२की सकुन्तला कुवँर
४. ऐ.ऐ.८बस्ने बर्ष ३५की सुजता मैनाली
५. ऐ.ऐ.८बस्ने बर्ष २८की सिता श्रेष्ठ
६. ऐ.ऐ.८बस्ने बर्ष २५की अम्बिका तामाङ
७. ऐ.ऐ.८बस्ने बर्ष ४६की मुनादेवी श्रेष्ठ
८. ऐ.ऐ.९बस्ने बर्ष १४को उपेन्द मैनाली
गौतम मेडिकल पाँचखालमा उपचार भइ रहेको :-

१. ऐ.ऐ.९बस्ने बर्ष २७की साबित्री बि.क.
२. ऐ.ऐ.१२बस्ने बर्ष ३०की सर्मिला श्रेष्ठ (०८;४५मा डिस्चार्ज भएको )
३. ऐ.ऐ.९बस्ने बर्ष ५१की कान्छी बि.क (०८;४५मा डिस्चार्ज भएको )
४. ऐ.ऐ.९बस्ने बर्ष ६की दिया बि.क. (०८;४५मा डिस्चार्ज भएको )
५. ऐ.ऐ.९बस्ने बर्ष ४३की बिमला खरेल
६.ऐ.ऐ.९बस्ने बर्ष १३को बिशाल कुवँर
७. ऐ.ऐ.९बस्ने बर्ष २७की नबिना श्रेष्ठ
८. ऐ.ऐ.बस्ने बर्ष ३८की अप्सरा ढुङगना
९.ऐ.ऐ.बस्ने बर्ष १३की यसोधा परियार
धुलिखेल अस्पत्तालमा उपचार भइ रहेको :-
१.जि.काभ्रे पाँचखाल न.पा.१२ बस्ने सुरज दनुवारको छोरा बर्ष ८को नबिन दनुवार
२. जि.काभ्रे पाँचखाल न.पा. १२ बस्ने अर्जुन श्रेष्ठको छोरी बर्ष ५को रितिका श्रेष्ठ
३. जि.काभ्रे पाँचखाल न.पा. १२ बस्ने राम ब.दनुवारको छोरा बर्ष १०को नबिन दनुवार
४. जि.काभ्रे पाँचखाल न.पा. १२ बस्ने बर्ष ९को सुजन दनुवार
५. जि.काभ्रे पाँचखाल न.पा. १२ बस्ने बर्ष १२को रबिन दनुवार
६. जि.काभ्रे पाँचखाल न.पा. १२बस्ने बर्ष १३को बिनोद दनुवार
७. जि.काभ्रे पाँचखाल न.पा. १२बस्ने बर्ष ३९की गिता श्रेष्ठ
८. जि.काभ्रे पाँचखाल न.पा. १२बस्ने बर्ष १२को राजेन्द्र दनुवार
९.ऐ.ऐ.बस्ने बर्ष १४को रामकृष्ण दनुवार
१०. ऐ.ऐ.बस्ने बर्ष ८को साजन दनुवार
११. ऐ.ऐ.बस्ने बर्ष ७को मनिष दनुवार
१२. ऐ.ऐ.बस्ने बर्ष ११को मनोज दनुवार
१३. ऐ.ऐ.बस्ने बर्ष ११को सिताराम दनुवार
१४. ऐ.ऐ.बस्ने बर्ष १३को गणेश दनुवार
१५. ऐ.ऐ.बस्ने बर्ष १५को सिताराम दनुवार
१६. ऐ.ऐ.बस्ने बर्ष १०को सबिन दनुवार
१७. ऐ.ऐ.बस्ने बर्ष ३८की सिता श्रेष्ठ
१८. ऐ.ऐ.बस्ने बर्ष १३की शुसिला श्रेष्ठ
१९. ऐ.ऐ.बस्ने बर्ष २६की कल्पना श्रेष्ठ
स्रोत – जिल्ला प्रहरी काभ्रे

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।