काठमाडौं । दुबै मृगौला बिग्रीएर उपचाररत मकवानपुरका २१ वर्षको अमिन सिंतानलाई इजरायल तामाङ घेदुङको वरिष्ठ उपाध्यक्ष तथा समाजसेवी सीता घिसिङको विशेष पहलमा उक्त आर्थिक सहयोग उपलब्ध भएको हो।

नेपाल तामाङ घेदुङको केन्द्रीय अध्यक्ष मोहन गोलेको प्रमुख अतिथ्यमा घेदुङको सभाहल चुचेपाटी, बौद्धमा एक कार्यक्रमको बिचबाट इजरायलबाट प्राप्त रु . ७५,४००/- नेपाल तामाङ घेदुङ बिपत ब्यबस्थापन कोष बाट रु. २,०००/-र समाजसेबी होम बहादुर घिसिङको तर्फबाट रु . १,५५०/- समेत जम्मा रु. ७८,९५०/- पीडित अमिन सिंतान र अभियानका संयोजक प्रतिक तामाङ ब्लोनलाई हस्तान्तरण गरिएको हो। 

उक्त कार्यक्रममा नेपाल तामाङ घेदुङका उपाध्यक्ष अमिर मोक्तान, महासचिव बाबु घिसिङ लगाएत अन्य अतिथिहरु पनि उपस्थिति हुनुभएको थिए।

तामाङ घेदुङ संघकी उपाध्यक्ष समेत रहेकी सीता घिसिङले इजरायलमा अमिनका उपचारको लागि आर्थिक सहयोग संकलन गर्नुभएको थियो ।यस्तै गरि उहाँहरुले दिनदुखीको सेवामा यसरी नै अगुवाई गर्दै आउनुभएको छ ।

सहयोग संकलन सीता घिसिङका अनुसार अमिनको उपचारका लागि तामाङ तथा गैह्र तामाङले पनि सहयोग गर्नुभएको जानकारी दिनुभएको छ । सहयोगीदाता सबैमा घिसिङले धन्यवाद ज्ञापन ब्यक्त गर्दै विरामीको स्वास्थ्य लाभको पनि कामना गर्नुभएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।