कञ्चनपुर । निर्मला पन्तको बलात्कार र हत्याका मुख्य आरोपीत भन्दै प्रहरीले पक्राउ गरेका दिलीपसिंह विष्ट रिहा भएका छन् । विष्टको डिएनए मेल नखाएपछि मंगलबार अदालतको आदेशमा रिहा भएका हुन् ।

पन्तको भेजाइनल स्वाब (योनीभित्रको तरलबस्तु)मा रहेको बलात्कारीको डीएनए र दिलिपसिंह विष्टको डीएनए फरक भएको पाइएको हो ।

त्यस्तै बबिता बमलार्इ पनि तीन हजार धराैटीमा छाड्न अदालले अादेश दिएको छ । रोशनी बमलार्इ विना धराैटीमा छाड्न अादेश दिएको जिल्ला सरकारी वकिल खेमराज भट्टले बताए ।

Comments

comments