यस्तो छ प्रदेश ३ को मन्त्रीपरिषद् बैठकले लिएको निर्णयहरु
हेटौंडा । प्रदेश ३ का प्रदेशसभा सदस्यहरुले राजधानीको मुद्दा तत्काल टुंग्याउन सभामुख र सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार प्रदेश सभा बैठकको विशेष बैठकमा बोल्दै उनीहरुले राजधानी सम्भाव्यता अध्ययन समितिको प्रतिवेदन आइसकेकोले निर्णय गर्न ढिला गर्न नहुने तर्क गरे ।
दोलखाका सांसद आङदेण्डी शेर्पाले दबाब वा अन्य कुन कारणले सभामुखले कार्यसूचीमा नराखेको भन्दै प्रश्न गर्नुभयो । सांंसद बसुन्धरा हुमागाई र रत्नप्रसाद ढकालले अमुक व्यक्तिले रिट हालेको आधारमा राजधानीको बिषय टुंग्याउन ढिला गर्नु सार्वभौम संसदकै विशेषाधिकारको हनन र अपमान भएको भएको भन्दै तत्काल टुंग्याउन माग गर्नुभयो ।
सांसद लम्क्षण लम्सालले संसदले हस्ताक्षर गरेर बुझाएको निवेदनको सुनुवाई नहुने संसदमा जनताको कुरा कसरी सुनुवाई हुन्छ भन्दै प्रश्न गर्नुभयो । सांसद चन्द्रबहादुर लामाले तत्काल कार्यसूचीमा ल्याउन माग गर्नुभयो । कांग्रेस सासद बिजुला बर्माले राजधानीको बिषय नटुंगिदा संसदको कार्यक्षमतामा नै ह्रास आएको अनुभव सुनाउनुभयो । मंगलबारको बैठकमा सांंसदहरु गणेशप्रसाद दुलाल र हिरानाथ खतिवडाले पटक पटक राजधानीको बारेमा कुरा उठेकाले बिषयवस्तु संसदमा प्रवेश गर्न अनुरोध गर्नुभयो ।
सोमबारको बैठकमा जवाफ दिदै आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेल उपयुक्त समयमा स्थायी राजधानीबारे निर्णय लिने बताउनुभएको थियो । राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले जेठ २६ गते नैे सभामुखलाई प्रतिवेदन बुझाइसकेको छ । अध्ययन समिति बनाउने प्रदेश सभाको निर्णयको विरुद्धमा उच्च अदालत पाटनको हेटौंडा इजलासमा रिट दायर भएको कारण देखाउदै समितिको प्रतिवेदन सभामा पेश हुन रोकिंदै आएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।