बौद्ध । काठमाडौंको बौद्धमा नितीकोष लोङछेन ञिङथिग रिगजित धुईपा छोक तथा आयु अभिषेकको आयु सिद्धि (छेवाङ) कार्यक्रम आगामी असोज ८ गते हुने भएको छ ।
मुलुक जगत संसारीक प्राणीहरु दुःखको दलदलमा परी अनिष्ठ दुःख कष्ट रोग, विमार, अनिकाल, अकालको मृत्युबाट मुक्त तथा सामस्त जगत प्राणीहरुको कल्याण हित होस् भन्ने कामनाका साथ यो कार्यक्रमको आयोजना गरिएको आयोजकले तेमाल अनलाइनलाई जानकारी दिएको छ ।
कार्यक्रम प्राचीन अनुवाद एकमात गुरु संघ नेपालले आफ्नो बार्षिककोत्सवको पावन अवसरमा हिमालयन बौद्ध धर्म परम्परा अनुसार तामाङ भवन बौद्ध–६ काठमण्डौ केन्द्रिय कार्यलयमा हुने भएको छ । धर्म गुरु स्याल्पा तेन्जीङ रेन्पोछे ज्युको बाहुलिबाट नितिपति तेरतोन जिग्मे लिङपाले रचना गर्नुभएको नितीकोष लोङछेन ञिङथिग रिगजित धुईपा छोक तथा आयु अभिषेकको आयु सिद्धि (छेवाङ) कार्यक्रम आयोजना गरिएको संस्थाका उपध्यक्ष सोनाम थोकारले जनकारी दिएका छन् ।
उक्त कार्यक्रममा सयौ भक्तजनहरुको उपस्थित भई पुण्य लाभ आर्जन लिईदिनु हुन सस्थाका महासचिव खेल बहादुर लामाले अनुरोध समेत गरेका छन् । आयु सिद्धि (छेवाङ) कार्यक्रम दिउसो १ बजे देखि शुरु हुने गुरु संघ नेपालका सचिव कुमार थोकारले जनकारी दिएको छ ।






















