काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयविरुद्ध पर्ने उजुरीको संख्या घट्दै गएको समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

कार्यालयमा रहेको कानुन तथा फैसला कार्यान्वयन महाशाखाका अनुसार आर्थिक बर्ष २०७३र०७४ वर्षमा ५ सय ३० वटा उजुरी परेका थिए । गत वर्षको उजुरी संख्या ४ सय ४८ मात्र रहेको छ ।

कार्यालयले उजुरी संख्या घट्दै गएको जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाएर आएका उजुरीमा महाशाखाले जवाफ दिने गरेको थियो । महाशाखाका सहसचिव आलोकचन्द्र श्रेष्ठका अनुसार विभिन्न माध्यमबाट आएका उजुरी र प्रश्नको प्रधानमन्त्री कार्यालयले समयभित्रै जवाफ पठाउने गरेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।