शिक्षक सेवा आयोगको परिक्षाका कारण काभ्रेको अधिकांश विद्यालय बन्द हुने काभ्रे। शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका प्रायजासो विद्यालय बन्द गरिएको छ । प्रायः सबै शिक्षक परीक्षा दिन जाने भएकाले अधिकांश विद्यालय हप्ता दिनका लागि बन्द गरिएको हो । उक्त जिल्लाबाट परीक्षा दिने परीक्षार्थीका लागि केन्द्र विभिन्न जिल्लालाई तोकिएको र परीक्षार्थी शिक्षक त्यसतर्फ लागेकाले विद्यालय बन्द गर्नुपर्ने बाध्यता आइपरेको सम्बद्ध विद्यालयका प्रधानाध्यापकको भनाइ छ । लामो समयदेखि शिक्षक सेवा आयोगको परीक्षा दिन नपाएका शिक्षक र अन्य सर्वसाधारण पनि लोकसेवा आयोगको तयारीमा जुटेका छन् । काभ्रेको प्राय गाउँपालिकाका केही विद्यालयमा बर्खे तथा जाडो बिदाबाट कटाउने गरी एक हप्ते विदा दिएको जिल्ला शिक्षा समन्वय एकाई काभ्रेले जनाएको छ । उक्त आयोगले माविको यही असोज ११, आधारभूतको १२ र प्राथमिकको परीक्षा १३ गते लिने भएको छ । जिल्लाको पहाडी भेगमा ४५ दिन हिँउदे बिदा दिइन्छ भने अन्य भित्रीमधेश र केही पहाडी विद्यालयमा वर्षात्को बेला बिदा दिइन्छ ।

काभ्रे। शिक्षक सेवा आयोगको परीक्षाका कारण जिल्लाका प्रायजासो विद्यालय बन्द गरिएको छ । प्रायः सबै शिक्षक परीक्षा दिन जाने भएकाले अधिकांश विद्यालय हप्ता दिनका लागि बन्द गरिएको हो ।

उक्त जिल्लाबाट परीक्षा दिने परीक्षार्थीका लागि केन्द्र विभिन्न जिल्लालाई तोकिएको र परीक्षार्थी शिक्षक त्यसतर्फ लागेकाले विद्यालय बन्द गर्नुपर्ने बाध्यता आइपरेको सम्बद्ध विद्यालयका प्रधानाध्यापकको भनाइ छ । लामो समयदेखि शिक्षक सेवा आयोगको परीक्षा दिन नपाएका शिक्षक र अन्य सर्वसाधारण पनि लोकसेवा आयोगको तयारीमा जुटेका छन् ।

काभ्रेको प्राय गाउँपालिकाका केही विद्यालयमा बर्खे तथा जाडो बिदाबाट कटाउने गरी एक हप्ते विदा दिएको जिल्ला शिक्षा समन्वय एकाई काभ्रेले जनाएको छ । उक्त आयोगले माविको यही असोज ११, आधारभूतको १२ र प्राथमिकको परीक्षा १३ गते लिने भएको छ । जिल्लाको पहाडी भेगमा ४५ दिन हिँउदे बिदा दिइन्छ भने अन्य भित्रीमधेश र केही पहाडी विद्यालयमा वर्षात्को बेला बिदा दिइन्छ ।

Comments

comments