काठमाडौं । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई थुनामुक्त गर्न सर्वोच्चले आदेश दिएसँगै रिहा भएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र टंकबहादुर मोक्तानको मंगलबार बसेको संयुक्त इजलासले उनलाई पुनः थुनामुक्त गर्न आदेश दिएको हो ।

सर्वोच्च अदालतले यस अघि पटक पटक थुनामुक्त गर्न दिएको आदेश पालना नगरेको भन्दै सरकारलाई सचेत गराएको थियो । उनलाई यस पटक प्रहरीले पक्राउ गरेको छैन ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।