भक्तपुर । राजकुमार मगरको सहयोगार्थ नगरकोटमा वृहत साँस्कृतिक कार्यक्रम गरिने भएको छ ।
मन्डन देउपुर नगरपालिका वडा न १ बालुवापाटी मस्यार गाउँमा बसोबास गर्ने लिला बादुर मगरको छोरा राजकुमार मगरको २२ बर्षको उमेरमा दुबै मिर्गौला फेल भएको छ ।
असोज २० गते शनिवार नगरकोटमा मगर बचाउ अभियानका लागि वृहत साँस्कृतिक कार्याक्रम गरिने भएको छ ।
प्रमुख अतिथि पूर्व सवासद एवं नेपाली काँग्रेसका नेता कञ्चन चन्द्र बादेको प्रमुख आतिथ्यतामा हुने उक्त कार्यक्रममा विभिन्न कलाकारहरुले प्रस्तुति गर्ने छन् ।
मृगौला पीडित राजकुमार बचाऔं अभियानका अभियन्ताका अनुसार २० वर्षै मृगौला पीडित को आर्थिक अवस्था कमजोर रहेका कारण उनले आफूले उपचार गराउन नसकेका कारण उनको सहयोगार्थ उक्त कार्यक्रम गर्न लागेको कार्यक्रम संयोजक वाङजु राज वाइवाले जनाएको छ ।