मोहन तामाङ
संखुवासभा । संखुवासभाको चिचिला गाँउपालिका १ ढुंग्रेमा खोलाले बगाएर एक बालकको मृत्यु भएको छ ।
मंगलबार बेलुका विद्यालय छुट्टी भएर घर फर्कदै गर्दा गुहे खोलाले बगाएर पुष्पराज राईको मृत्यु भएको चिचिला प्रहरी चौकीले जनाएको छ । सिला आधारभूत विद्यालय कक्षा ४ मा पढ्ने राई विद्यालयबाट घर नआएपछि मंगलबार नै खोजी गरिएको थियो । उनको शव बुधबार विहान मात्र भेटिएको प्रहरीले जनाएको छ ।
१३ वर्षिय राईको शव पोष्टमार्टम गर्न जिल्ला अस्पताल खाँदबारी ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख श्यामसारु मगरले जानकारी दिएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























