काभ्रे । नेपाल तामाङ घेदुङले ताम्सालिङ जागरण अभियानलाई तिब्र दिएको छ । अभियानको पहिलो चरण अन्तर्गत संगठन निर्माणको क्रममा विहिबार घेदुङले काभ्रे जिल्लाको बनेपा नगरमा घेदुङको संगठन विस्तार भएको छ । घेदुङको प्रथम भेलाले नरेन्द्र लामाको अध्यक्षतामा ४ जना पछि थप गर्ने गरि १७ सदस्यीय नगर समिति गठन गरेको छ ।

भेलाले उपाध्यक्षमा लाक्ष्मी वल तामाङ र साईला तामाङ, सचिवमा बुद्धिमान तामाङ, कोषाध्यक्षमा अञ्जीता तामाङलाई चयन गरेको छ । त्यस्तै सदस्यहरुमा कृष्ण तामाङ, सरोज तामाङ, विशाल तामाङ, जेनिस तामाङ, राजेन्द्र तामाङ, कविन्द्र लामा, दोर्जे लामा र मानबहादुर तामाङलाई सर्वसम्मत चयन गरेको छ ।
त्यसैगरि घेदुङको भातृ संगठनको संयोजक समेत तोकिएको छ । जस्मा लामा घेदुङको संयोजक दोर्जे लामा, महिला घेदुङको संयोजक लक्ष्मी वल तामाङ, युवा घेदुङको संयोजक सरोज तामाङ, विद्यार्थी घेदुङको संयोजक जेनिस तामाङ रहेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपाल तामाङ घेदुङका केन्द्रिय सदस्य डिलबहादुर थोकर (ग्याम्जो)ले पहिचानको आन्दोलन नरोकिने बताए । ‘शासकहरु पहिचानको मुद्दाप्रति उदासिन छन्, त्यसैले यसको विरुद्धमा शसक्त आन्दोलनको आवश्यक छ ।’ थोकरले भने, ‘अब आन्दोलनलाई शसक्त बनाएर अगाडि बढ्नुको विकल्प छैन । त्यसैले जागौं फेरि, अगाडि बढौं फेरि ।’
सम्बोधनकै क्रममा उनले राज्यसत्ताको मूल चरित्र खस जातिवादी भएकोले कुनै समुदायको विरुद्धमा होइन, उत्पीडित समुदायलाई समेत साथमा लिएर पहिचानको मुद्दालाई संविधानमै लेखाउन आवश्यक रहेको बताए । एक्कइसौं शताब्दीको नयाँ राष्ट्रिय एकीकरणको लागि शासक जातिको समेत साथ र सहयोग आवश्यक रहेको उनको तर्का थियो ।
कार्यक्रममा प्रदेश ३ का उपाध्यक्ष जीतबहादुर वाईबाले तामाङहरु जागृत हुनुपर्नेमा जोड दिए । त्यसैगरि घेदुङ काभ्रेका अध्यक्ष फुर्साङ मोक्तानले घेदुङकोबारेमा चर्चा गरेको थिए । एक महिने जागरण अभियानले तामाङ समुदायलाई आफ्नो पहिचानकोबारेमा स्पष्ट पार्ने बताए ।
त्यससगरि जिल्ला सचिव राजकुमार तामाङले पनि धार्मिक तथा साँस्कृतिक हिसाबले नेपालमा तामाङहरुलाई राज्यको मूलधारमा ल्याउन अभियानले सकारात्मक भूमिका खेल्नेमा विश्वास व्यक्त गरे । कार्यक्रमको सञ्चालन दोर्जे लामाले गरेका थिए ।
























