काभ्रे । सिन्धुपाल्चोक जिल्लाको सुनकोशी गाउँपालिका वडा नं. १, ठोकर्पाका वडा अध्यक्ष नेत्रबहादुर कार्कीले वडा भित्र हुने सार्वजनिक कार्यक्रममा खदा प्रयोग गर्न निषेध गरेपछि सर्वत्र विरोध भएको छ ।
वडा अध्यक्ष कार्कीले हस्ताक्षर गरेको सूचना गत असोज ९ गते जारी गरेका थिए । नेपाली काँग्रेसबाट निर्वाचित वडा अध्यक्ष कार्कीले यसरी खदा प्रयोगमा निषेध गर्ने घोषणा गरेपछि खदा प्रयोग गर्दै आएका आदिवासी जनजाति र अन्य समुदायले समेत रोष प्रकट गरेका छन् ।

सामाजिक सञ्जालमा विरोध गर्नेको संख्या धेरै रहेको छ । विशेष गरि बौद्धमार्गीहरुले प्रयोग गर्दै आएको खदालाई निषेध गर्नु गलत रहेको उनीहरुको तर्क छ ।
बौधमार्गीहरुले खदालाई जन्मदेखि मृत्युसम्मको संस्कारमा प्रयोग गर्ने गरिन्छ ।
लौ हेर्नुहोस् कार्कीले जारी गरेको सूचनाः

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।
























