बनेपा महोत्सव भव्यताका साथ प्रारम्भ (फोटोफिचर सहित)

अञ्जली तामाङ
बनेपा । हिन्दुहरुको चाड बडादशैंको अवसरलाई पारेर आयोजना गरिएको बनेपा महोत्सव बुधबार (आज)बाट शुरु भएको छ ।

बनेपा महोत्सव भव्यताका साथ प्रारम्भ (फोटोफिचर सहित) बनेपा । हिन्दुहरुको चाड बडादशैंको अवसरलाई पारेर आयोजना गरिएको बनेपा महोत्सव बुधबार (आज)बाट शुरु भएको छ ।  १० दिनसम्म चल्ने महोत्सव भव्य समारोहका बीच संचार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले  उद्घाटन गरेका हुन् ।  कार्यक्रमको उद्टन गर्दै मन्त्री बाँस्कोटाले काभ्रेको बनेपामा रहेको आईटी पार्कमा पैसा छाप्ने मिल्ने अत्याधुनिक सेक्युरिटी प्रेस राखिने बताएका छन् ।

१० दिनसम्म चल्ने महोत्सव भव्य समारोहका बीच संचार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले उद्घाटन गरेका हुन् ।

कार्यक्रमको उद्टन गर्दै मन्त्री बाँस्कोटाले काभ्रेको बनेपामा रहेको आईटी पार्कमा पैसा छाप्ने मिल्ने अत्याधुनिक सेक्युरिटी प्रेस राखिने बताएका छन् ।

मन्त्री बाँस्कोटाले आईटी पार्कमा पैसासँगै स्मार्ट लाईसेन्स छाप्न मिल्ने प्रेस स्थापना गरिने बताएका हुन् । ३५ देखि ३८ अर्बको लागतमा बनेपाको आईटी पार्कमा अत्याधुनिक सेक्युरिटी पे्रस स्थापना गरिने छ । मन्त्री बाँस्कोटाले भने, नेपालवाट बार्षिक लाईसेन्स छाप्न मात्रै अरबौं खर्च हुने गरेकोमा अब नेपालमै ३८ अर्बको लागतमा प्रेस स्थापनागर्न लागिएका हौं ।

मन्त्री बाँस्कोटाले ठूला ठूलाबैंकका चेकहरु, एमआरपी, सवारीको स्मार्ट लाईसेन्स, डिजिटल नंम्बर प्लेट नेपालमै छाप्न मिल्ने प्रेस बनेपामा रहेको आईटी पार्कमा स्थापना गरिने बताए ।

बनेपा ब्वाइज क्लब (बीबीसी) ले अघिल्लो बर्षजस्तै यो बर्ष पनि दशै तिहारको पूर्व संध्यामा यो महोत्सवको आयोजना गरेको हो ।

महोत्सवमा प्रदेश सभा सदस्य बसुन्धरा हुँमागाईले बनेपा महोत्सव काभ्रेका स्थानीय जनताले सेवा पाउने आशा व्यक्त गरेका थिए । मुख्य आयोजक बिबिसी क्लवका अध्यक्ष महेश कर्माचार्यले काभ्रेमा चाडपर्वमा आवश्यक रहेको सामाग्री सहज रुपमा पुयाउने उदेश्यले महोत्सव आयोजना गरेको बताए ।

महोत्सव उद्घाटन गर्नु अघि हजारौं विद्यार्थी, अभिभावक, व्यापारी तथा उपभोेक्ताहरुको सहभागीता रहेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।