सिन्धुपाल्चोक । नेपाल तामाङ घेदुङ, सिन्धुपाल्चोकले जिल्लाको सुनकोशी गाउँपालिका वडा नं. १, ठोकार्पाका वडा अध्यक्ष नेत्रबहादुर कार्कीले खदा सम्बन्धी गरेको निर्णय अभिलम्ब फिर्ता लिन माग गरेको छ । घेदुङको जिल्ला अध्यक्ष रेशम स्याङ्बो तामाङले एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त माग गरेका हुन् ।
वडा अध्यक्ष कार्कीले वडा क्षेत्र भित्र पवित्र खदा प्रयोगमा निषेध गरेको सूचना जारी गरपछि सर्वत्र विरोध भएको छ । सम्प्रदाययिकताको पराकाष्ठको रुपमा यो निर्णय भएको आरोप लगाएको छ ।
यससँगै जिल्ला अध्यक्ष तामाङले धर्म निरपेक्ष सहितको लोकतान्त्रिक राज्यमा कुनै धर्म विशेष समुदाय प्रति लक्षित गरी निषेधित तथा बहिस्कार गर्ने जस्ता संविधान विरोधी निर्णय अति हिन्दुवादी तथा सामन्ती अहंकारवादी सोचबाट प्रेरित भएको बताएका छन् ।
‘सत्ता र सरकारी लेटरहेडको दुरुपयोग गरी समाजिक सद्भाव माथि खलल पुग्न सक्ने गरि गरिएको यो निर्णय अभिलम्ब स्पष्ट शब्दमा फिर्ता गर्न माग गर्दछ ।’ विज्ञप्तिमा भनेको छ, ‘अन्यथा सम्पूर्ण बौद्धमागीहरु यस निर्णय विरुद्ध कडा कदम चाल्न बाध्य हुनेछ ।’
यस्तो छ विज्ञप्तिः























