खादा माथि प्रतिबन्ध लगाउने वडा अध्यक्ष नेत्रबहादुर कार्की
खादा माथि प्रतिबन्ध लगाउने वडा अध्यक्ष नेत्रबहादुर कार्की

काभ्रे । चौतर्फी रुपमा विरोध हुँदा पनि खदा प्रयोग गर्न निषेध गर्ने सिन्धुपाल्चोक जिल्ला, सुनकोशी गाउँपालिका वडा नं. १, ठोकर्पाका वडा अध्यक्ष नेत्रबहादुर कार्कीले गल्ती स्वीकार गरेनन् ।

खदा निषेध गरेको सूचना जारी गरेपश्चात चौतर्फी विरोध आएपछि वडा अध्यक्ष कार्कीले दुईपटक विज्ञप्ति निकालेको छ । तर पनि घुमाई फिराई खदा निषेध गर्ने काम भएको प्रति घेदुङ, सिन्धुपाल्चोकका अध्यक्ष रेशम स्याङबाले आपत्ति जनाएका छन् ।

‘वडा अध्यक्षले गल्ती स्वीकारेको छैन । दुईपटक विज्ञप्ति आयो तर गल्ति महासुस गरेको पाईन ।’ घेदुङ अध्यक्ष स्याङबाले तेमाल अनलाईनसँग भने, ‘बौद्धमार्गीहरुले जन्मदेखि मृत्यु सँस्कारसम्म प्रयोग गर्दै आएको खदा माथि प्रतिबन्ध लगाउन अधिकार कस्ले दियो ?’

वडा कार्यालयलयले जारी गरेको सूचनाको विरुद्ध सरोकार वालाले विरोध गरपछि जारी गरेको पहिलो सूचना
वडा कार्यालयलयले जारी गरेको सूचनाको विरुद्ध सरोकार वालाले विरोध गरपछि जारी गरेको पहिलो सूचना

अध्यक्ष स्याङबाका अनुसार वडा अध्यक्ष कार्कीले स्पष्ट रुपमा माफी मागेर त्यो निर्णय फिर्ता लिनुपर्नेमा जोड दिए । ‘यो सामान्य निर्णय होइन, यो गम्भिर खालको निर्णय हो ।’ उनले भने, ‘यहाँको सिंगो आदिवासी जनजातिमाथि मात्र होइन नेपालमै अत्याधिक प्रयोग हुँदै आएको खदा माथि प्रतिबन्ध लाउनु द्वन्द्व निम्त्याउनु हो ।’

वडा कार्यालयलयले जारी गरेको सूचनाको विरुद्ध सरोकार वालाले विरोध गरपछि जारी गरेको दोस्रो सूचना
वडा कार्यालयलयले जारी गरेको सूचनाको विरुद्ध सरोकार वालाले विरोध गरपछि जारी गरेको दोस्रो सूचना

खदा निषेध गरेको सूचना जारी पछि वडा अध्यक्ष कार्कीले दुईपटक सूचना जारी गरेका छन् । दुवै सूचनामा आफूले गल्ती गरेको कहीं कतै उल्लेख छैन । उल्टै आफ्नो निर्णयलाई बचाउ गरेर सूचना जारी गरेका छन् । यसप्रति सरोकारवालाहरु झन आक्रोशित भएका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।