प्रदेश ३ को नाम ‘नेवा–ताम्सालिङ’ हुनुपर्ने माग गर्दै प्रदर्शन (फोटोफिचर सहित)

काठमाडौं । प्रदेश ३ को नामाकरण ‘नेवा–ताम्सालिङ’ हुनुपर्ने माग गर्दै राजधानीको माइतीघर मण्डलामा विशाल प्रशर्दन गरेको छ ।

प्रदर्शन नेवा ताम्सालिङ समन्वय समितिको आयोजनामा भएको हो । नेवार समुदाय र तामाङ समुदायको आदिभूमि भएको र संघीयताको मूलमर्म अनुसार यस प्रदेशको नामाकरण नेवा–ताम्सालिङ हुनुपर्ने माग गर्दै हजारौं जनता प्रदर्शनमा सहभागी भएका छन् ।

साथै प्रदेश ३ को सरकारी कामकाजी भाषा नेवार र तामाङ पनि हुनुपर्ने प्रदर्शनकारीहरुको माग रहेको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।