प्रदेश ३ को नामाकरण नेवा–ताम्सालिङ नभए जनयुद्ध र जनआन्दोलनका शहिदको चिहान सिंहादरबार भित्र ल्याउने चेतावनी

काठमाडौ । प्रदेश ३ को नामाकरणको माग राख्दै आज (आईतबार) माइतीघर मण्डलामा नेवा–ताम्सालिङ समन्वय समितिले धर्ना दिएको छ ।

प्रदेश ३ को नामाकरण नेवा–ताम्सालिङ नभए जनयुद्ध र जनआन्दोलनका शहिदको चिहान सिंहादरबार भित्र ल्याउने चेतावनी

प्रदेश ३ को नामाकरण बहुपहिचानको आधारमा नेवा तामसालिङ राख्न धर्नाकारीहरुले माग गरेको हो ।  काठमाडौको माइतीघर मण्डलामा १ घन्टा धर्ना गरि नयाँ बानेश्वर चोक सम्म जुलुस पछि चोक सभा गरिएको थियो ।

सभालाई सम्बोधन गर्दै पूर्व ऊर्जाराज्यमन्त्री तथा तामाङ मुक्ति मोर्चा, नेपालका केन्द्रिय अध्यक्ष सुर्यमान दोङ (लालध्वज) ले प्रदेश ३ को नामकरण नेवा–ताम्सालिङ हुनुपर्ने र आफूहरुले अहिले आन्दोलन सरकारको विरुद्धमा नभई सुझाब मात्र दिन खोजिएको बताए ।

   प्रदेश ३ को नामाकरण बहुपहिचानको आधारमा नेवा तामसालिङ राख्न धर्नाकारीहरुले माग गरेको हो ।  काठमाडौको माइतीघर मण्डलामा १ घन्टा धर्ना गरि नयाँ बानेश्वर चोक सम्म जुलुस पछि चोक सभा गरिएको थियो ।

‘अहिले हामीले गरेको आन्दोलन सरकारको विरुद्धमा होइन, हामीले हाम्रो पहिचान झल्किने गरी ३ नम्बर प्रदेशको नाम नेवा–ताम्सालिङ राख्न सरकार समक्ष सुझाव दिनका लागि आजको यो शान्तिपूर्ण आन्दोलन गरेका हौँ ।’ उनले भने, ‘हामीले गरेको यो आन्दोलनलाई सरकारले कमजोर ठान्यो भने त्यसको परिणाम राम्रो हुने छैन, हाम्रो जनयुद्ध र जनआन्दोलनका सहिदहरुको चिहान खोतलेर सिंहदरबारभित्र ल्याउन नपरोस् ।’

   प्रदेश ३ को नामाकरण बहुपहिचानको आधारमा नेवा तामसालिङ राख्न धर्नाकारीहरुले माग गरेको हो ।  काठमाडौको माइतीघर मण्डलामा १ घन्टा धर्ना गरि नयाँ बानेश्वर चोक सम्म जुलुस पछि चोक सभा गरिएको थियो ।

सभालाई नेवाः देय दबुका अध्यक्ष नरेश ताम्राकार, आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बराम, नेपाली काँग्रेसका नेता तथा पुर्ब कानुन राज्य मन्त्री दिलमान पाख्रीन, पुर्ब भुमिसुधार राज्य मन्त्री यशोदा लामा, नेपाली कांग्रेसका नेता तथा पुर्ब संसाद चन्द्र महर्जन सम्बोधन गरेका थिए ।

   प्रदेश ३ को नामाकरण बहुपहिचानको आधारमा नेवा तामसालिङ राख्न धर्नाकारीहरुले माग गरेको हो ।  काठमाडौको माइतीघर मण्डलामा १ घन्टा धर्ना गरि नयाँ बानेश्वर चोक सम्म जुलुस पछि चोक सभा गरिएको थियो ।

सम्बोधनमा यो भुमि उत्पीडित तामाङ र नेवार समुदायको भुमि भएकोले यो भुमिका आदिवासी जनजाति समुदायले आ–आफ्नो पहिचान अनुसार ३ नम्बर प्रदेशको नाम नेवा तामसालिङ राख्न संघीय सरकार प्रदेश सभा र सरकारलाई माग गरेका थिए ।

   प्रदेश ३ को नामाकरण बहुपहिचानको आधारमा नेवा तामसालिङ राख्न धर्नाकारीहरुले माग गरेको हो ।  काठमाडौको माइतीघर मण्डलामा १ घन्टा धर्ना गरि नयाँ बानेश्वर चोक सम्म जुलुस पछि चोक सभा गरिएको थियो ।

सभालाई समापन गर्दै नेकपाका नेता दिलिप महर्जनले आफूहरुले जातीय राज्यको नामको माग नगरेको प्रष्ट पार्दै सभ्यता र माटोको नाम माग गरेको बताए । बहुपहिचानमा आधारित नेवा तामसालिङ नामको लागि आफूहरुको आन्दोलन जारी रहेको बताए ।

राजधानीस्थित माइतीघर मण्डलाबाट शुरु भएको प्रदर्शन नयाँ बानेश्वरमा आएर कोणसभामा परिणत भएको थियो । प्रदर्शनमा नेवार र तामाङ समुदाय लगायत विभिन्न समुदायको उपस्थिति रहेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।