प्रहरी निरिक्षक शाहलाई सम्मान नै सम्मान, सरुवा भइ जाँदै गर्दा बनेपा बासीको मन खिन्न

काभ्रे । इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी प्रमुख सुनील जंग शाह काभ्रेबासीको मन जित्न सफल प्रहरी अफिसर हुन् । उनी करीब एक वर्ष अघि इलाका प्रहरी कार्यालय बनेपाको कार्यालय प्रमुख भई आएका थिए ।

बनेपा इलाकाका मात्र प्रमुख नभई जिल्ला भर चर्चा कमाएका प्रहरी निरिक्षक हुन् सुनिल जंग शाह । जहाँ तनाव हुन्छ, त्यहाँ सुनील पुग्न साथ उनले आफ्नो मिठासपनका साथ हुल दंगालाई नियन्त्रणमा लिई समस्याको समधान गर्न सक्ने क्षमता उनमा रहेको छ ।

प्रहरी निरिक्षक शाहलाई सम्मान नै सम्मान, सरुवा भइ जाँदै गर्दा बनेपा बासीको मन खिन्न

व्यपारी नगरीया बनेपाको सुरक्षा चुनौती कम छैन । रातदिन नभनि सधैं आफै सडकमा पुग्छन् । काभ्रेको बनेपा इलाका प्रहरी कार्यालयमा अनवरात खटिरहेको शाह यति बेला काभ्रे छोडेर जान लाग्दा आम काभ्रेबासीको मन खिन्न भएको छ । दुर्घटना पर्दा होस् वा कुनै खालका घटनाको अनुशन्धान गर्ने विषयमा होस् उनी सबैमा सफल नै भएका छन् ।

काभ्रेको बनेपामा करीब एक वर्ष बिताउँदा उनले ज्यान मारेर भागेका अपराधी समाउन, लागु औषध कारोवारी वा सेवन गर्ने, बलात्कार अभियोग लागेका व्यक्ति पक्राउ गर्न, वर्षौं वर्ष देखिको फरार अपराधि समाउन र बनेपाको शान्ति सुरक्षा, चोरी डकैती लगायत धेरै काममा सफल प्राप्त गरेका छन् ।

आर्थिक लोभमा नपरेका प्रहरी निरिक्षक शाह आफ्नो जिम्मेवारीलाई पूर्ण रुपमा पूरा गर्ने पुलिस अफिसर हुन् । उनै शाहलाई भर्खर मात्र नेपाल प्रताव शुभुषणद्वारा शुभिषित समेत भएका छन् ।

प्रहरी निरिक्षक शाहलाई सम्मान नै सम्मान

भर्खर मात्र नेपाल प्रताव शुभुषणद्वारा शुभिषित प्रहरी निरिक्षक शाहलाई काभ्रे बासीले सम्मान नै सम्मान गरेका छन् । इलाका प्रहरी कार्यालय बनेपामा कर्मथलो भई करीब एक वर्ष बिताएका उनलाई सञ्चार मन्त्री गोकुल बास्कोटा देखि जिल्लामा रहेका व्यवसायी, आम नगरीक लगायतले सम्मान गरेका छन् ।

उनले गरेको कामको मूल्यंकन सहित नेपाल सरकारले गरेकोे सम्मान र बनेपा बस्दा आम नागरिकको शान्ति सुरक्षामा कु्नै कमी नगरी सधैव दिनरात डियुटीमा रहेका प्रहरी निरिक्षक शाहलाई यति बेला काभ्रेमा सम्मानको ओईरो नै लागेको छ ।

सरुवा भई जाँदै गर्दा बनेपा बासीको मन खिन्न

इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरिक्षक शाह काज सरुवामा जाँदै गर्दा आम बनेपाबासीको मन खिन्न भएको छ । नजिकिदै गरेको चाडपर्वको मुखमा इमान्दार सच्चा इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख बिदा हँुदै गर्दा आम बनेपाका व्यवसायी एवं नगरिकको मन खिन्न भएको छ ।

चाडपर्वमा चोरी डैकती लगायतको घटना शुन्य पार्नुपर्ने बेलामा इमान्दार र वफान्दर प्रहरी निरिक्षकलाई बिदाई गनुपर्दा आम बनेपा बासिन्दले अबको सुरक्षा चुनैती बढ्ने हो की भन्ने चिन्ता समेत गर्न थालेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।