अध्यक्षमा सभापति मधुको मान्छे नआउने भएपछि अधिवेशन रोक्न निर्देशन

बनेपा । नेपाली काँग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस यूनियन काभ्रे शाखाको अधिवेशनको मिति तोक्न नसक्दा अधिवेशन अन्योलमा परेको छ ।

केन्द्रीय कार्य समितिले यही असोज १० गतेसम्म अधिवेशन सम्पन्न गर्ने निर्देशन दिए पनि आज असोजको १५ गते हुदाँ समेत अधिवेशन तोक्न सकेको छैन ।

प्रेस यूनियनका कार्य समितिको बैठकले असोज २ गते सम्म नविकरण गर्ने भनी निर्णय गरि नविकरणको लागि ताकेदा गरिरहँदा आज १५ गते हुँदा समेत मिति तोक्न नसक्नुले काभ्रे यूनियनका सदस्यहरु अचम्ममा परेका छन् । काभ्रे प्रेस यूनियनमा ८२ जना पुराना सदस्य मध्ये ७८ जनाको नविकरण भईसक्दा समेत काभ्रे प्रेस यूनियनले अधिवेशनको मिति तोक्न नसक्नुले पनि प्रष्ट थाहा हुन्छ की यसमा ठूलै खेल हुन लागेको जस्तो गन्ध आएको छ ।

शुरुमा नविकरणका लागि भन्दै म्याद थपेको कार्य समितिले सम्पूर्ण सदस्यहरुले नविकरण गरि सक्दा समेत मिति तोक्न नसक्नुले अहिलेको कार्य समिति पूर्ण रुपमा असफल र हिम्मत हारा देखिएको विश्लेषण गर्न थालेका छन् । हैन भने नविकरण गर्न सम्पूर्ण सदस्यहरुलाई ताकेक्दा गर्ने र समयमा नै सबैले नविकरण गर्ने तर कार्य समितिको बैठक बस्दै नबसी मिति तय गर्न नसक्नुले यसलाई कसरी बुझ्ने सदस्यहरुको गुनासो रहेको छ । केन्द्रको निर्णय भनी सबैलाई नविकरणका लागि कडा गर्ने यस कार्यसमितिले केन्द्रले दिएको समय सिमा भित्र किन अधिवेशन गर्न सकेन ? प्रश्न उब्जेको छ ।

प्रेस यूनियनमा काँग्रेसका सभापतिको हस्तक्षेप

नेपाल प्रेस यूनियनमा नेपाली काँग्रेस सभापति मधु आर्चायको हस्तक्षेप भएका कारण अधिवेशन तोक्न नसकेको बुझिन आएको छ । यही असोज १३ गते अधिवेशन गर्ने तयारीमा काभ्रे प्रेस यूनियन लागि रहेको बेला नेपाली काँग्रेस काभ्रेका सभापति मधुप्रसाद आर्चायले अधिवेशन रोक्न अध्यक्ष कपिल कोईरालालाई बोलाएर निर्देशन दिएका कारण

अधिवेशनको मिति तोक्न नसकेको थाहा भएको छ । यसरी पार्टीले शुभेच्छा संस्था माथि अंकुश लगाउन खोजेका कारण यति बेला पार्टी जिल्ला सभापति आर्चाय माथि प्रेस यूूनियनका सदस्यले यसरी ठाडो हस्तक्षप गर्न नहुने तर्क गर्न थालेका छन् । प्रेस यूनियनको अधिवेशनमा पार्टीले हस्तक्षेप गरेको घट्ना भने यो पहिलो पटक हो ।

अध्यक्षमा सभापति मधुको मान्छे नआउने भएपछि अधिवेशन रोक्न निर्देशन

नेपाल प्रेस यूनियन काभ्रे शाखाको अधिवेशन केन्द्रले तोकेको समयमा हुन नसक्नु जिल्ला पार्टी सभापति मधु प्रसाद आचार्य निकट अध्यक्ष नहुने भएपछि उनकै निर्देशनमा अधिबेशन रोक्न लगाइएको बुझिएको छ

बैठकमा सहभागी एक सदस्यका अनुसार आर्चायले सबै प्रेस यूनियनका सदस्यहरुको नाम लिष्ट आफूलाई असोजको १३ गतेसम्म बुझाउन निर्देशन दिदै त्यस पछि आफ्नो अनुकुलता हेरेर मिति तोक्ने निर्देशन दिएका छन् । गत अधिवेशनमा सभापति मधुका कारण निर्वाचन हुन पुगेको प्रेस यूनियनमा त्यसको तुक अझै बाँकी रहेको कारण यस पटक पनि सर्वसम्मत हुने सम्भावना कम नै देखिएको छ । सर्वसम्मत नहुने देखेपछि आचार्य र उनका आसेपासेले निर्वाचनमा नगई उनीहरुले भनेको र आसेपासेले ठेक्का लिएको ब्यक्तिलाई अध्यक्ष बनाउन यस्तो खेल खेलेको बुझिन आएको छ ।

पार्टी स्रोतका अनुसार समय सिमा भित्र अधिवेशन नगरी पार्टी सभापति मधु आचार्यले आफू निकटका मान्छेको लिष्ट तयार पारीसकेको र अन्तिममा पार्टी कार्यालयमा टाँस्न खोजेको बताए । उनका आसेपासेले कार्यसमिति देखि पार्षद सबैको लिष्ट तयार पारी आर्चायलाई बुझाएको स्रोत बताएको छ । यही असोज १३ गते अधिवेशन गर्न तयारीमा जुटेको प्रेस यूनियन पार्टी सभापति मधु आर्चायको ठाडो निर्देशनमा अध्यक्ष कपिल कोईरालालाई अधिवेशन रोक्न निर्देशन दिएका थिए ।

अधिवेशन तत्काल गर्नु पर्छ भन्ने बहुमतको निर्णयलाई लत्याउदै नेपाली काँग्रेसका आचार्यको निर्देशन मान्दै अध्यक्ष कपिल कोईरालाले अहिलेसम्म पनि बैठक राख्न सकेका छैनन् भने अधिवेशनको मिति पनि तय गर्न सकेका छैन । यसरी पार्टी सभापति आचार्यको हस्तक्षेप भई रह्यो भने र प्रक्रियामा प्रेस यूनियन गएन भने समानान्तर कार्यसमिति बनाउन पनि पछि नहट्ने सदस्यहरुले चेतावनी दिएका छन् ।

Comments

comments