मोहन तामाङ
संखुवासभा । खाँदबारी नगरपालिका–५ का वडाध्यक्ष वैदेशिक रोजगारमा गएका कारण वाडका सबै काम कार्यबाहक अध्यक्षले सम्हाल्नु परेको छ । ५ नं.वडाका अध्यक्ष बमहादुर घले वैदेशिक रोजगारमा दक्षिण कोरिया गएको एक वर्ष वितेको छ । वडा अध्यक्ष घलेले नगरपालिका कार्यालयमा एक निवेदन समेत दर्ता गरेको नगरपालिका कार्यालयले जनाएको छ ।

नगरपालिका कार्यालयमा वडा अध्यक्ष घलेले घरायसी कामका कारण घरबाहिर जानु पर्ने भएकाले आफू कार्यालयको काममा उपस्थित हुन नसक्ने पत्र दिएका बताइएको छ । उनको पत्रमा कार्यवाहकको जिम्मेवारी वडा सदस्य श्यामप्रसाद निरौलालाई दिएका छन् । कार्यवाहक निरौलाका अनुसार आफूलाई वडा अध्यक्ष घलेले काम गर्ने जिम्मेवारी पत्र दिएकाले सो जिम्मेवारी सम्हालिरहेको बताए ।

तर वडा अध्यक्ष घले घरयासी कामका लागि नभई वैदेशिक रोजगारका सिलसिलामा दक्षिण कोरिया गएको रहस्य खुलेको हो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।