भक्तपुर। भक्तपुरको पाण्डुबजारमा टिपरले मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालकको घटनास्थलममै मृत्यु भएको छ ।
भक्तपुरबाट काठमाडौं आउँदै गरेको बा ४ ख ३६५० नम्बरको टिप्परले बुधबार सोहि दिशा तर्फ आउँदै गरेको बा ८८ प ८५२ नम्बरको मोटरसाइकललाई टिपरले पछाडिबाट ठक्कर दिंदा मोटरसाइकल चालक काभ्रे डराउने पोखरीका २५ वर्षिय रामकृष्ण श्रेष्ठको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक हिमालय कुमार श्रेष्ठले जानकारी दिएका दिएका छन् ।
ठक्कर दिएको टिपरमा स्थानीयले आगजनी गरेका छन् । टिपरमा आगजनी भएपछि प्रहरीले लाठी प्रहार गरेको थियो भने अश्रुग्यास पनि प्रहार भएको छ ।
अहिले त्यसक्षेत्रको अवस्था तनावपूर्ण रहेको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















