पनौति प्याब्सनको अध्यक्षमा अरुण कर्मचार्य निर्वाचित

पनौति । नीजी तथा आवासीय विद्यालयहरुको संस्था निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को भेलाले अरुण कर्मचार्यको अध्यक्षतामा ७ सदस्यीय कार्यसमितिको गठन गरेको छ ।

भेलाले सचिवमा कुल प्रसाद सापकोटा, कोषाध्यक्षमा भक्तबहादुर महत, सदस्यहरुमा क्रमश, राजु तण्डुकार, रमेशराज लवट, रेश्मा थापा, श्यामहरि सापकोटा सर्वसम्मतले निर्वाचित भएका छन् ।

भेलामा पनौति नगरपालिकाका उप–मेयर गीता बञ्जारा, प्याब्सन केन्द्रिय सचिवलय सदस्य हिरा शर्मा नेपाल, पत्रकार महासंघका अध्यक्ष मोतिराम तिमल्सिना, प्याब्सन काभ्रेका अध्यक्ष सत्यनारायण श्रेष्ठ, सचिव महेन्द्र थिङ, विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु लगायतले निजि विद्यालयको समस्या, चुनौति तथा सम्भावना, आवश्याकताको सम्बन्धमा आ–आफ्ना भनाई राखेका थिए ।

ज्ञान विकास पुस्तकालय, केन्द्रीय प्याब्सन केन्द्रीय सचिव भिमसेन के.सी. को संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन कुल प्रसाद सापकोटा ले गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।