मोहन तामाङ
संखुवासभा । देउराली कन्स्ट्रक्सनका सञ्चालक अञ्जु श्रेष्ठ दाहाललाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला समन्वय समितिको विल र नक्कली छाप लगाएर जिल्ला निकासी कर संकलन गरेको आरोपमा दाहाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई बुधबार पक्राउ गरेर ३ दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
देउराली कन्स्ट्रकसनले यो वर्षको निकासी करको ठेक्का जिल्ला समन्वय समिती बाट लिएको छ । ठेक्का सम्झौता अघि नै सरकारी विल र छाप प्रयोग गरेको पाईएपछि यस अघि प्रहरीले धर्मदेवी नगरपालिकाका कर्मचारी दावा भोटे र सौरोज तामाङलाई समेत प्रक्राउ गरेको थियो । उनीहरुको बयानका आधारमा अञ्जु पक्राउ परेको बताईएको छ ।
कर्मचारी दावालाई पनि प्रहरीले सौरोजको बयानका आधारमा पक्राउ गरेको हो । सरोजको साथबाट प्रहरीले जिल्ला समन्वय समितिको छाप लगाएको रसिदको ठेली र रसिद काटेको रकम बरामद गरेको थियो । सम्झौता अघि उनीहरुले करिब ५५ हजार रुपैयाँ निकासी कर वापतको रकम संकलन गरेको रसिदमा देखिएको छ ।






















