भक्तपुर । सामुदायिक वन उपभोक्ता महासंघमा भक्तपुरका रामेश्वर बोहरा विजयी हुनु भएको छ ।

असोज १५ गते देखि १७ गते सम्मा काठमाण्डौंमा भएको केन्द्रिय महाधिवेशबाट भक्तपुरका बोहरा केन्द्रिय सदस्यमा विजयी हुनु भएको हो । सरल स्वाभाव एवं सामुदायिक वनको संरक्षण एवं विकासका लागि लामो समय देखि योगदान दिदै आउनु भएका उहाँलाई भक्तपुर जिल्ला महांसंघ (फेकोफन)ले उहाँलाई सम्मान एवं स्वागत गरेको छ ।

भक्तपुरमा आयोजित एक कार्यक्रममा भक्तपुरबाट केन्द्रिय सदस्यमा विजयी हुनु भएका रामेश्वर बोहरा , प्रदेश नंम्वर ३ मा सचिव विजयी हुनु भएका सुमन थापा , प्रदेश सदस्यहरु देवकी श्रेष्ठ र अञ्जना नेपालीलाई सम्मान गरेको हो ।

जिल्लाबाट नै फेकोफनबाट पहिलो पटक केन्द्रिय सदस्य हुनु भएका बोहरा, प्रदेश सचिव थापा सदस्यहरु श्रेष्ठ र नेपालीलाई सम्मान गर्दै फेकोफन भक्तपुरका संस्थापक अध्यक्ष रामेश्वर थापाले उहाँहरुलाई सफल कार्यकालको शुभकामन दिनुभएको थियो ।

कार्यक्रममा जिल्ला अध्यक्ष पार्वती नगरकोटीले केन्द्रिय सदस्य एवं प्रदेश सदस्यहरुलाई स्वागत एवं सम्मान गर्दै सामुदायिक वन संरक्षण एवं विकासकालागी सहि मार्ग निर्देश गर्न उहाँहरुको साथ र सहयोगको अपेक्षा रहेको बताउनुभएको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।