अञ्जली तामाङ
काभ्रे । फ्लोरिकल्चर एशोसियसन नेपाल काभ्रे शाखाको तेस्रो अधिवेशनले विरेन्द्र बहादुर श्रेष्ठलाई चयन गरको छ ।
शुक्रबकार एशोसिएसनको ७ औँ साधारण सभा तथा तेस्रो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनबाट उपाध्यक्षमा भेष बहादुर दनुवार, सचिवमा शम्भु तामाङ र कोषाध्यक्षमा रुद्र बहादुर खड्का सदस्यहरुमा किरण खरेल, जर्नादन गौतम र ठाकुर प्रसाद दाहाल चयन भएका छन् ।
अध्यक्षमा सर्वसम्मत निर्वाचित भएपछि श्रेष्ठले जिल्लामा पुष्प खेतीको विस्तार र विकासमा आफ्नो पुरै कार्यकाल लगाउने प्रतिबद्धता ब्यक्त गरे । ‘खेती योग्य जमिन खण्डिकरण भइरहेको छ ।’ उनले भने ‘यो विषयमा पनि जिल्लाका सबै स्थानीय निकायलाई सचेत गराउँदै सम्भावित ठाउँमा पुष्प खेतीको विकास र विस्तारमा ध्यान केन्द्रित गर्नेछु ।’
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।






















