नेपाल शिक्षक महासंघ चौरिदेउराली गाउँपालिका समितिको दशै शुभकामना आदानप्रदान कार्यक्रम

चौंरीदेउराली । प्रतिनिधि सभा सदस्य सांसद गंगाबहादु तामाङ –बमध्वज)ले राज्यले निःशुल्क अनिवार्य शिक्षा लागु गर्ने खालको कानून अब लागु हुने बताएका छन् ।

शनिबार काभ्रेको चौंरीदेउराली गाउँपालिकामा नेपाल शिक्षक महासंघले आयोजना गरेको दशैंको उपलध्यक्षमा शुभकामना आदान– प्रदान कार्याक्रममा सांसद बमध्वजले उक्त कुरा बताएका हुन् । वर्षको एकपटक एकथान किताब दिएर निःशुल्क शिक्षा भन्नु गलत भएको बताउँदै सांसद बमध्वजले नेपालमा निःशुल्क शिक्षा नभएको बताए ।

‘निःशुल्क शिक्षा भनेको वालवालिकाको सबै जिम्मा राज्यले लिनुपर्छ भनेको हो । उसको सबै प्रकारको आवश्यकता पूरा गर्न सकेमा मात्र निःशुल्क शिक्षा हुन्छ ।’ उनले भने, ‘अबको शिक्षा ऐनमा बालबालिकाको गाँस, बास र कपासको व्यवस्था राज्यले गर्ने हो ।’ आफूहरु पूर्व पन्चे जस्तो नभएको र विचार सहितको संगठीत शक्ति भएको बताउँदै अब यो सरकारले जनताको सबै प्रकारको समस्या समाधान गर्दै अगाडि बढ्ने बताए ।

इतिहासका बलियो सरकार सबै ढले

एक अर्को प्रसंगमा सांसद बमध्वजले आफूहरु दुईतिहाइको सरकार भनेर दम्भ नगरेको स्पष्ट पारे । शक्तिशाली भनिएका सरकार विगतमा ढलेको प्रसंग निकाल्दै उनले यो सरकार भने शक्तिशाली नै रहेको बताए । ‘इतिहासमा सबैभन्द शक्तिशाली सरकार भनेको राणा शासन थियो । यो ढलेकै थाहा भएन । त्यसपछि विपी कोइराला नेतृत्वको सरकार थियो । यो पनि नराम्रोसँग ढल्यो ।’ उनले भने, ‘अब त्यस्तो हुनेछैन ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।