सांसद नविना लामा माइती गाउँपुगेर भनिन् ‘नेपालमा अपराधिक क्रियाकलाप कम छ’

काभ्रे । प्रतिनिधिसभा सदस्य तथा विद्यार्थी नेतृ नविना लामाले विश्वको विकसित देशहरुमा भन्दा अपराधिक गतिविधि कम रहेको बताएकी छिन् ।

शनिबार नेपाल शिक्षक महासंघ चौंरीदेउराली गाउँ समितिले आयोजना गरेको दशैंको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रममा सांसद लामाले उक्त कुरा बताएका हुन् ।

‘देशैभरि वलात्कार लगायतका अपराधिक घट्नाहरु घटेको छ । हल्ला गरेको मात्र यो बढी चर्चामा भयो ।’ उनले भनिन्, ‘विश्वको अमेरिका लगायत ठूला–ठूला विकासित देशहरुमा भन्दा हाम्रो देशमा धेरै कम अपराधिक क्रियाकलाप हुन्छ ।’ उनले नेपालीहरु सचेत भएकोले कम अपराधिक घट्ना भएको जिकिर गिरिन् ।

डा. केसीको मुद्दा कम्युनिष्टको

सांसद लामाले चिकित्सा क्षेत्रको सुधारको लागि आन्दोलन गर्दै आएका डाक्टर गोविन्द केसीको माग सहि भएको बताईन् । ‘डाक्टर केसीले उठाएको मुद्दा कम्युनिस्टहरुले बोकेको मुद्दा हो ।’ उनले भनिन् ‘तर किन केसीले नै उठाउनुप¥यो ?

शिक्षामा बुर्जुवा किन ?

अर्को प्रसंगमा सांसद लामाले कुरा मास्र्कवादको गरेपनि शिक्षा भने वुर्जुवा भएको प्रष्ट पारिन् । उनले अबको शिक्षा व्यवहारिक र सिपमुलक हुनुपर्नेमा जोड दिइन् । ‘समाजवादको आधार भनेको शिक्षा हो ।’ उनले भनिन् ‘मुखले माक्र्सवादी भन्ने अनि शिक्षा वुर्जुवा किन ?’

विद्यार्थीलाई आकर्षण गराउने खालको विद्यालय मुलुक भित्र नरहेको पनि उनले प्रष्ट पारिन् ।  शिक्षा कस्तो बनाउने भनेर अब गुरुयोजना नै बनाएर अगाडि बढ्नुपर्ने उनको कथन थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।