काठमाडौं।शनिबार विहान धादिङको मेघाम डाँडामा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाहरुको शव आइतबार काठमाडौं ल्याइएको छ । नुवाकोटबाट हेलिकप्टरमा पोष्टमार्टमका लागि शव काठमाडौं ल्याइएको हो। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टम पछि आफन्तलाई बुझाइने छ। दुर्घटनास्थल धादिङको मेघाम डाँडाको जंगलबाट रातभर हिडेर आइतबार बिहान नुवाकोटको त्रिशुली अस्पताल पुर्‍याइएको थियो । गोरखाको सामागाउँबाट शनिबार बिहान पाइलटसहित ६ जना नेपाली र एक जापानी नागरिक बोकेर आएको अल्टिच्युड एयरको हेलिकप्टर नुवाकोटको मेघाङ गाँउपालिका–१ बर्सुन्चेतको मैलुङ पाखास्थित खोँचमा दुर्घटना भएको थियो। हेलिकप्टरमा सवार ७ जना मध्ये ६ को मृत्यु भएको छ। एक जना महिलाको जिवितै उद्धार गरिएको थियो। उनको राजधानीस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ

काभ्रे । जिल्लाको बेथानचोक गाउँपालिका वडा नम्बर ४ चलालगणेश स्थानमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु र ६ जना घाइते भएका छन ।

ढुंखर्कबाट आएको ना ४ त २८४० नम्बरको ट्याक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ । मृत्यु हुनेमा २५ बर्षिय ईमरन मन्सुर रहेको प्रहरीले जनाएको छ । उनको उपचारका क्रममा शिरमेमोरियल अस्पताल बनेपामा मृत्यु भएको हो ।

घाइते हुनेहरुमा सर्लाहि बगत पँचात गाउँपालिका वडा नम्बर ४ का कासि मन्सुर, हरिपुर नगरपालिका वडा नम्बर ६ का २५ बर्षिय जगागिर मन्सुर, सोहि ठाउँका ३५ बर्षिय जनग मन्सुर, २५ बर्षिय नाजम मन्सुर, २५ बर्षिय ईकुन मन्सुर, १६ बर्षिय फिरोज मन्सुर र २३ बर्षिय सरख मसरख मन्सुर रहेका छन् ।

  1. उनीहरु मध्ये जनग, फिरोज र असरख मन्सुरलाई थप उपचारका लागि बिर अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । अन्यको अवस्था सामान्य रहेको बताइएको छ । गाउँगाउँमा पुराना कपडा पेलेर सिरग डस्ना बनाउन हिडेका मजदुर सवार ट्याक्टर अनिन्त्रित भइ दुर्घटनामा परेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।