भक्तपुर । मृगौला पीडित राजकुमार मगरको सहयोगार्थ नगरकोटमा वृहत साँस्कृतिक कार्यक्रमबाट २ लाख ५० हजार संकलन भएको छ । मन्डन देउपुर नगरपालिका वडा न १ बालुवापाटी मस्यार गाउँमा बसोबास गर्ने लिला बादुर मगरको छोरा राजकुमार मगरलाई उपचारको लागि उक्त रकम हस्तान्तण गरिएको हो ।
२२ बर्षको उमेरमा नै दुबै मिर्गौला फेल भई उपचारार्थ रहेका उनको सहयोगार्थ गरिएको साँस्कृतिक कार्यक्रमबाट उक्त रकम संकलन भएको हो । असोज २० गते शनिवार नगरकोटमा मगर बचाउ अभियानका लागि वृहत साँस्कृतिक कार्याक्रमबाट उठेको उक्त रकम आयोजकले पत्रकार सम्मेलन गर्दै विरामीलाई हस्तान्तरण गरेको छ ।
प्रमुख अतिथि पूर्व सवासद एवं नेपाली काँग्रेसका नेता कञ्चन चन्द्र बादेको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा विभिन्न कलाकारहरुले प्रस्तुति गरेका थिए ।

कार्यक्रममा मण्डन देउपुर नगरपालिकाका वडा अध्यक्षहरु र चाँगुनारायण नगरपालिकाका वडा अध्यक्षहरु र समाजसेवी अासमन वाइवा लगाएतका अन्प अतिथिहरु पनि उपस्थित रहनु भएको थियो ।
साँस्कृतिक कार्यक्रममा कलाकारहरु शुक्र दोङ, अविशेक तामाङ, जगत घिसिङ, बसन्ती तामाङ, निशा लामा , हावा लामा, आसमन लोप्चन , ओम वाईवा ,मस्कान याञ्जन लगायत स्थिानिय कलाकारहरुको उपस्थिती रहेको थियो ।
मृगौला पीडित राजकुमार बचाऔं अभियानका अभियन्ताका अनुसार २० वर्षै मृगौला पीडितको आर्थिक अवस्था कमजोर रहेका भएकोले उनले आफूनो उपचार गराउन असमर्थ रहनु भएकाले उनकोे सहयोगार्थ उक्त कार्यक्रम गरिएको आयोजकले जनाएका छन् ।
कार्यक्रम सञ्चालन सुदिन लामा दोङ र मिलन लामाले गर्नु भएको थियो ।






















